‘तेस्रो प्राचीन कपिलवस्तु महोत्सव २०७२’ फागुन २१ देखि

पाच करोडबराबरको कारोबार हुने आकलन

पोसकान्त पोखरेल  ,
कपिलवस्तु, फागुन १८ ,‘प्राचीन कपिलवस्तु बुद्धको शान्ति देश, विश्वभरि फैलियोस् यही सन्देश’ भन्ने मूल नाराका साथ कपिलवस्तुमा सुरु हुनलागेको तेस्रो प्राचीन कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालको कपिलवस्तुमा गौतम बुद्धको जन्म भएको विषयलाई अन्तर्राष्ट्रियकरण गरेर बाह्य पर्यटकहरुलाई आमन्त्रण गर्ने लक्ष्यसाथ सुरु हुनलागेको उक्त महोत्सवको तयारी पूरा भएको आयोजक संस्था तौलिहवा उद्योग वाणिज्य संघले जानकारी दिएको छ । फागुन २१ गते देखि चैत २ गतेसम्म श्री बुद्ध पद्म उच्च माध्यमिक विद्यालय तौलिहवाको खेल मैदानमा सञ्चालन हुने उक्त महोत्सवको आयोजना तौलिहवा उद्योग वाणिज्य संघले गरेको हो । धार्मिक, पर्यटकीय, व्यापारिक, औद्योगिक हिसाबले पनि चर्चा बटुल्न सफल भएको कपिलवस्तुमा यस्ता प्रकृतिका महोत्सवहरुले नेपाललाई विश्वसामु चिनाउने राम्रो प्रयास हुने अपेक्षा गरिएको महोत्सव आयोजना मूल समारोह समितिका संयोजक गयादिन कुर्मीले जानकारी दिए । यसले गौतम बुद्धको देश नेपाल भनेर चित्रण गर्न सहयोग गर्ने उनले बताए । महोत्सवका संयोजक कुर्मीले भने, ‘दोस्रो प्राचीन कपिलवस्तु महोत्सव २०७१ पनि हामीले सफलतापूर्वक नै सम्पन्न गरेका हौँ ।’ दोस्रो महोत्सवबाट हामीले धेरै सिकेर अनुभव पनि बटुल्न सफल भयौं दोस्रो महोत्सवको सफलता नै तेस्रो महोत्सवको प्रेरणाको स्रोत बनेको हँुदा तेस्रो महोत्सव सुरु गरेका हौँ ।’

यसपटक भारतको अघोषित नाकाबन्दीले देशमा भइरहेको अभावले केही कठिन गराउँछ कि भन्ने त्रास उत्पन्न भए पनि सबैको आवश्यक सहयोग पूर्ण रुपमा पाइएको भन्दै उनले विगत वर्षमा भन्दा केही कठिन भए पनि महोत्सव सफल हुने दाबी गरे ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन हुन गइरहेको महोत्सवमा दुई लाख दर्शकहरुलाई अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । यस्तै सो महोत्सवबाट पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने र हरेक प्रकारको प्रतिनिधित्व हुने गरी स्टलहरुको निर्माणकार्य लगभग अन्तिम चरण पुगेको उनले जानकारी दिए ।


स्टल बुकिङ पनि अन्तिम चरणमै रहेको आयोजकले जनाएको  छ । प्राकृतिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको जानकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको ध्यानाकर्षण, जिल्लाको कृषि, उद्योग व्यापार व्यवसायको अनुभव आदानप्रदान, कपिलवस्तु गुरुयोजनाको लागि दबाब, आधुनिक प्रविधिको विकास, स्थानीय साहित्य, संस्कृति र कलाको प्रदर्शन र प्रवद्र्धन गर्ने महोत्सवका मुख्य उद्देश्यहरु रहेको छ । गौतमबुद्ध र सम्बन्धित स्थानहरुबारे विभिन्न प्रतियोगिता एवं गोष्ठी, अतिमहत्वपूर्ण प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको अवलोकन दुई सय ५० भन्दा बढी व्यापारिक कक्ष, कपिलवस्तुबारे वृत्तचित्र एवं फोटो प्रदर्शनी, बाल उद्यान एवं मनोरञ्जन, निःशुल्क स्वास्थ्यशिविरलगायतका विभिन्न आकर्षणहरु भएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com