कुन गाडीलाई कति कर ?

काठमाडौ जेठ १६
सरकारले एकै पटक धेरै यात्रु ओसार्ने यातायातको विकासमा जोड दिएको छ । त्यसको लागि उसले माइक्रोबस, बस, ट्रक, टिपर, ट्रकमिक्स्चर, मिनीबस, मिनीट्रक, मिनीटिपरलाई मूल्यको सात प्रतिशत मात्र सडक निर्माण दस्तुर लगाएको छ भने निजी गाडीमा धेरै कर लगाएको छ । 
सरकारले दुई हजार सीसीसम्मका कार, जीप र भ्यानमा मूल्यको आठ प्रतिशत सडक निर्माण दस्तुर लगाएको छ । दुई हजार सीसीभन्दा माथिका कार, जीप र भ्यानमा मूल्यको दश प्रतिशत कर लगाएको छ । गत वर्ष यस्तो कर सात प्रतिशत मात्र थियो । 
यस्तै, मोटरसाइकलमा १५० सीसीसम्मलाई १५ हजार सडक निर्माण दस्तुर बनाइएको छ । गत वर्ष १२५ सीसीसम्मका लागि दश हजार मात्र दस्तुर थियो । आगामी वर्ष १५१ देखि २५० सीसीको मोटरसाइकमा १८ हजार कर लगाएको छ । गत वर्ष १२६ सीसीदेखि २५० सीसीसम्मको मोटरसाइकलमा १२ हजार मात्र सडक निर्माण कर लगाइएको थियो । यस्तै, आगामी वर्ष २५१ सीसीदेखि चार सय सीसीसम्मको मोटरसाइकलमा ५० हजार रुपैयाँ सडक निर्माण कर लगाइएको छ । गत वर्ष २५१ सीसीदेखि चार सय सीसीसम्मको मोटरसाइकललाई उक्त कर १५ हजार रुपैयाँ मात्र थियो । आगामी आवमा ४०१ सीसीमाथिका मोटरसाइकलमा दुई लाख रुपैयाँ सडक निर्माण कर लाग्नेछ भने गत वर्ष यस्तो कर २० हजार रुपैयाँ मात्र थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com