राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीमा १० अर्ब १५ करोड राख्ने

काठमाडौं, मंसिर २१
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुुद्दती निक्षेपको रुपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुुने गरी यही पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त परिमाणमा रकम राख्न लागिएको हो । रकम राख्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर २३ गते अपराह्न ३ बजेसम्म संस्थाले राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत गरी उल्लेख गरी राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिनुुपर्नेछ । यसरी राखिने निक्षेप रकमबाट २८ वटा वाणिज्य बैंकहरुको लागि आठ अर्ब १२ करोड ६९ लाख, विकास बैंकहरुको लागि एक अर्ब ५२ करोड ३८ लाख र फाइनान्स कम्पनीहरुको लागि ५० करोड ६९ लाख रुपैयाँ छुुट्याएको राष्ट्र बैैंकले जानकारी दिएको छ ।

निक्षेप रकम राख्नको लागि बैंक सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुुपर्ने, निष्क्रिय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधान तोकिएकाछन् । यीबाहेक अन्य शर्तहरुमा कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको हुनुुपर्ने, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुुपर्ने, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्था पछिको) रहेको हुनुुपर्ने, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको हुुनुुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुुनुुपर्ने, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुुपर्ने, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुुपर्ने, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुनुुपर्नेलगायतका प्रावधानहरु तोकिएकाछन् ।

यसैबीच राष्ट्र बैंकले पाँच प्रतिशत स्प्रेडदरको व्यवस्था कार्यान्वयनमा केही लचिलो भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि स्प्रेड दर कार्यान्वयनको अवधि यही पुुस मसान्तसम्म तोकेको छ । राष्ट्रियस्तरबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने २०७६ असार मसान्तसम्म पाँच प्रतिशत स्प्रेडदर कायम गर्नुुपर्नेछ । यसअघि २०७५ असोज मसान्तसम्म पाँच प्रतिशतको स्प्रेडदर कार्यान्वयन गर्नुुपर्ने व्यवस्था रहेको थियो । राष्ट्र बैंकका अनुसार तोकिएको थप समयमा पनि स्प्रेडदर पाँच प्रतिशतभन्दा बढी भएमा कारबाही गरिनेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com