आईएमई डीजीटल र जनता बैंकबीच सम्झौता

काठमाडौं, पुस १९
आईएमई ग्रुुपद्वारा प्रवर्द्धित ‘आईएमई डीजीटल र जनता बैंक लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । आईएमई डीजीटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुुराम कुँवर क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुुन् । सम्झौताअनुसार जनता बैंक ‘आईएमई डीजीटल’को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाडै नै आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथमा जनता बैंकका सेवाग्राहीहरुले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र विभिन्न किसिमका भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com