बर्दियामा चोरेका खसी नेपालगञ्जमा फेला प-यो

बाँके, पुस २२
छिमेकी जिल्ला बर्दियामा चोरी भएका खसी बाँकेको नेपालगञ्जमा फेला परेका छन् । दाङ घोराही उपमहानगरपालिका–४ घर रहेका राजेश चौधरीले बर्दियाको बारबर्दिया नगरपालिका–८, चौकीपुरबाट चारवटा खसी चोरेर नेपालगन्ज ल्याई बिक्री गरेका हुन् । १६ गते चोरी भएको खसी दुईवटा सेतो र दुईवटा रातो रंगका थिए । थापाले खसी चोरी भएको उजुरी स्थानीय बानियाभार प्रहरी कार्यालयमा उजुरी गरे । बानियाभार प्रहरीले नेपालगञ्जमा खसी बिक्री भएको हुन सक्ने भन्दै वडा प्रहरी कार्यालय, नेपालगञ्जलाई खबर गर्यो । वडा प्रहरी कार्यालयले सम्भावित स्थानहरुमा खोजतलास गर्दा बुधबार देवाफूलबारीमा एउटा र घरबारीटोलबाट तीन वटा खसी बरामद गरेको हो । प्रहरीले खसीचोर चौधरीलाई पनि नियन्त्रणमा लिएको छ । बर्दियाबाट रातीखसीचोरेर अटोरिक्सामा राखेर चौधरीले नेपालगञ्ज ल्याएका थिए । यहाँ ल्याएर उनले सस्तोमा खसी बेचेका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com