सोलुखुम्बुको सोताङ गाउँपालिका सुकुम्बासीमुक्त घोषणा

प्रकाश भट्टराई खत्री
सोलुखुम्बु, पुस ३०
सोलुखुम्बुको सोताङ गाउँपालिकालाई ‘सुकुम्बासी’ मुक्त घोषणा गरिएको छ । गाउँपालिकाभित्रका सात जना सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेर ‘सुकुम्बासी’मुक्त गाउँपालिका घोषणा गरिएको हो । सुकुम्बासी परिवारलाई गाउँपालिकाले प्रतिपरिवार ५० हजार बराबरको जग्गा खरिद गरी जग्गाधनीपुर्जा वितरण गरिएको ईश्वर विवशले जानकारी दिए । शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई उक्त जग्गाधनी पुर्जा वितरण गरिएको हो । उक्त अवसरमा कृषिमा बढवा दिनका लागि व्यावसायिक किबी खेती र बाख्रापालनको पनि उद्घाटन गरिएको छ । साथै एसईई परीक्षालाई ध्यानमा राख्दै गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गर्ने घोषणा गरिएको छ । सो कक्षाको खर्च गाउँपालिकाले व्यहोर्ने छ । कार्यक्रमकै अवसरमा गत वर्ष एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने गाउँपालिकाका छात्र रमेश बस्नेत र छात्रा रविना नाछिरिङलाई २५/२५ हजार नगदसहित सम्मान गरिएको हो । गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गर्ने दर्जनभन्दा बढी दातालाई सम्मान गरिएको छ ।

वडा नं ५ गोर्खिमका स्थानीयले गाउँपालिकाको कार्यालय निर्माणका लागि १५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । गाउँपालिकाको वार्षिक उत्सवको अवसरमा प्रारम्भिक बाल विकास कक्षामा कार्यरत गाउँपालिकाभित्रका शिक्षिकाहरुलाई सरकारले प्रदान गर्दै आएको सुविधामा मासिक एक हजार गाउँपालिले उपलब्ध गराउने घोषणासमेत गरिएको विवशले जानकारी दिए । यसैबीच, संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले सरकारले नेपाल र नेपालीको हितमा काम गरिरहेको दाबी गरे । सोताङ गाउँपालिकालाई सुकुम्बासीमुक्त घोषणा कार्यक्रममा सांसद राईले विपक्षीले सरकार असफल भएको भ्रम फैलाएर पनि सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई आत्मसाथ गर्दै अघि बढेको बताए । परिणाम आउन केही समय लाग्ने भएकाले छोटो समयमा सरकार असफल भएको भन्दै टिप्पणी गर्नु गलत भएको उनको जिकिर छ । सांसद राईले संघीय संरचना लागु भएपछि विकासले तीव्रता लिएको समेत बताए । कार्यक्रममा प्रदेश सांसद उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष वीर बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट कृषक, शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका, गरिब तथा जेहेनदार विद्यार्थी र कर्मचारीलाई सम्मान गरिएको छ भने गाउँपालिकाको वार्षिक उत्सवको अवसरमा सञ्चालन गरिएको विविध प्रतियोगीतात्मक खेलका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com