वित्तीय साक्षरताको लागि ग्लोबल आईएमई बैंकको प्रभातफेरी

काठमाडौँ, माघ १४
ग्लोबल आईएमई बैंकले १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ । १२ औँ वार्षिकोत्सवको अवसरमा बैंकले २०७५ माघ १२ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ । ‘बचत गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतलगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, सहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हुँदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौँ बाहिर विभिन्न ठाउँहरु, विराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्जलगायतका स्थानमा पनि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो ।

१२ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि रक्तदान एवं निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । विसं २०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकको अवधिमा ग्लोबल बैंकले बैंक अफ द इएर अवार्ड, बेष्ट इन्टरनेट बैंकिङ अवार्ड, र बेष्ट इम्प्लोयर अवार्डलगायतबाट समेत सम्मानित भइसकेको छ । एक सय ३३ शाखा, एक सय ४२ एटीएम, तीन वटा देशमा सम्पर्क कार्यालय, सात बटा एक्टेन्सन काउण्टर, एक सय १७ शाखारहित बैंकिङ सेवा रहेको ग्लोबल आईएमई बैंकले नौ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टेलिया, बेलायत र भारतलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थापनमा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com