देव विकास बैंकको कर्जा प्रकरणमा आठ जना पक्राउ

काठमाडोँ, माघ १५
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । देव विकास बैंंकको विभिन्न शाखाबाट नक्कली कागजात पेस गरी २ करोड ७१ लाख कर्जा लिने आठ जनालाई सीआईबीले पक्राउ गरेको हो । सीआईबीका अनुसार ब्लुबुकमा गलत विवरणसहित सही छाप गरी सुरक्षणस्वरुप बैंकमा धितो राखी ११ जनाले उक्त रकम कर्जा लिएका थिए । सवारी कर्जा लिने भन्दै बैंकको सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्यांकनकर्तालाई सवारीसाधन देखाई पौने तीन करोड कर्जा लिन सफल भएका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त ठगीका मुख्य योजनाकार काभ्रेको भुम्लु १ का नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । त्यस्तै, सोही ठेगानाका बालकृष्ण श्रेष्ठ, चेत बहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ, चौबास ४ का कृष्ण बहादुर खत्री, पर्सा वीरगञ्जका हाल ललितपुर ज्वागल बस्ने नरेशमान सिंह अमात्य र काठमाडौंका बैंककै तत्कालीन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुविरुद्ध प्रहरीले बैंकिंग कसुर तथा सजाय ऐन २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत किर्ते अन्तर्गत मुद्दा चलाएको छ । प्रहरीका अनुसार प्रतिलिपि ब्लुबुकमा उनीहरुले नक्कली डाटा तयार गरेका थिए । सोहीअनुसार विभिन्न व्यक्तिलाई ऋणी बनाएर १६ वटा कर्जा फाइल तयार गरी २ करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका थिए । ऋणीमध्ये पक्राउ परेका नारायण श्रेष्ठ यातायात कार्यालयमा सजिलै प्रवेश गर्ने गरेका थिए । सोही सुविधाको फाइदा उठाउँदै उनले यस्तो ठगी गर्न सफल भएको प्रहरीले जनाएको छ ।तत्कालीन बैंक म्यानेजरले समेत कर्जा सीमा नाघेर कर्जा स्वीकृत गरेको पाइएको प्रहरीको भनाइ छ । हाल उक्त बैंकलाई २ करोड १० लाख रुपैयाँ नोक्सानी पुर्याएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com