सेयरको सूचक तथा कारोबार रकम दुुवै घटे

काठमाडौं, माघ १७
साताको चौंथो कारोबार दिन बुुधबार सेयर बजार परिसूचक एवं कारोबार रकम दुुवै घटेका छन् । यसदिन बजार परिसूचक शून्य दशमलव चार अंकले ओरालो लागेर ११ सय ६० दशमलव ५९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २८ अंकले उकालो लागेर दुुई सय ४६ दशमलव ७५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ६८ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार चार हजार छ सय वटा कारोबारमा पाँच लाख ७२ हजार सात सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १९ करोड २० लाख ९४ हजार चार सय ९२ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन ११ वटा समूहको कारोबार भएका छन् । जसअन्तर्गत पाँच वटा समूहको कारोबार सूचक उकालो लाग्दा छ वटा समूहको कारोबार सूचक उकालो लागेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको कारोबार सूचक एक दशमलव ५५ अंकले उकालो लागेर नौ सय ८८ दशमलव एक अंंकमा चढेकोमा लघुवित्त समूहको कारोबार सूचक पाँच दशमलव ३१ अंकले उकालो लागेर १४ सय ४१ दशमलव ९१ अंकमा चढेको छ । यसैगरी होटल समूहको सूचक पाँच दशमलव ६९ अंकले उकालो लागेर १७ सय २५ दशमलव ९८ अंकमा चढेकोमा अन्य समूहको सूचक एक दशमलव ३३ अंकले उकालो लागेर सात सय ५१ दशमलव २२ अंकमा चढेको छ । ट्रेडिङ समूहको सूचक पनि यसदिन एक दशमलव नौ अंकले उकालो लागेर दुुई सय ५४ दशमलव ४९ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक भने सात दशमलव सात अंकले ओरालो लागेर १४ सय ४७ दशमलव ८७ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक छ दशमलव पाँच अंकले ओरालो लागेर १२ सय १९ दशमलव ४९ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि आठ दशमलव ४५ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ९३ दशमलव १३ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि पाँच दशमलव ३९ अंकले ओरालो लागेर छ हजार ३१ दशमलव ८८ अंकमा झरेको छ । यीबाहेक फाइनान्स र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः पाँच दशमलव ३४ र ६३ दशमलव ८२ अंकले ओरालो लागेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सात रुपैयाँ १४ पैसाले बढेर १२ सय ९५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सामुुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ रुपैयाँ ८८ पैसाले बढेर छ सय छ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक साल्ट ट्रेडिङ कर्पोरेसन, युुनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिटी एक्सप्रेस फाइनान्सको सेयर मूल्य छ रुपैयाँ एक पैसाले घटेर एक सय २५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य पाँच रुपैयाँ ८७ पैसाले घटेर १९ हजार दुुई सय ७२ रुपैयाँमा किनबेच भएको छ । यसैगरी तिनाउ विकास बैंक, गोर्खाज फाइनान्सलगायतका कम्पनीहरु पनि बढी गुमाउने कम्पनीहरुको सूचीमा परेका छन् ।

यसदिन नागरिक लगानी कोषको सबैभन्दा बढी रकम कारोबार भएको छ । कोषको प्रतिकित्ता २७ सय १७ रुपैयाँमा दुुई करोड २९ लाख ९३ हजार नौ सय पाँच रुपैयाँको सेयर किनबेच भएको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता दुुई सय ५६ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ३३ लाख ५४ हजार सात सय ६९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआइसी एसिया बैंक, प्राइम कमर्सियल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com