२४ हजारमै काठमाडौं–कलकत्ताको दोहोरो उडान

घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि

काठमाडौँ, फागुुन २
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कलकत्ताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पश्चिम बंगालका राजधानी कलकत्ता उडानका लागि बुद्ध एयरले त्यहाँ आफ्नो आधिकारिक कार्यालय पनि खोलिसकेको छ । बुद्ध एयरले आगामी वैशाख २ बाट कलकत्ता उडान भर्नेछ । कम्पनीले २४ हजारमै काठमाडौं–कलकत्ताको दोहोरो उडान भर्ने बताइएको छ । कलकत्ता–काठमाडौंको सिधा हवाइसेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमानसेवा कम्पनी हो । सुरुमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ः०० बजे र कलकत्ताबाट स्थानीय समय १०ः३० बजे उडान हुने कम्पनीले जनाएको छ ।

कलकत्ता उडान एटीआर ७२ बाट गर्नेछ । यात्रुको समय र पैसाको बचत होस् भन्ने हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको जनाएको छ । कलकत्ता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउनेछन् । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्नेछन् । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कलकत्ता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने विश्वास लिएको कम्पनीको भनाइ छ । त्यस्तै उक्त एयरले देशका विभिन्न भागमा दिनहुँ चार दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रबार गरी दुई उडान भरिरहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com