नबिल बैंक र युुके एड सक्षमबीच सम्झौता

काठमाडौं, फागुुन २६
नबिल बैंकले नेपालमा साना तथा मझौला उद्यमीका लागि बैंकिङ सेवा अभिवृद्धि गर्नको लागि साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्नका लागि युुकेएड सक्षम एक्सीस टुु फाइनान्ससँग आधिकारिक रुपमा सहमतिपत्रमा हस्ताक्षर गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहालबीच सहमति पत्रमा विधिवत्रुपमा हस्ताक्षर गरी सहमतिपत्र साटासाट गरिएको थियो । यसको साथै नबिल बैंकले यो साझेदारी परियोजनाअन्तर्गत साना उद्यमी लक्षित, ‘नबिल सजिलो कर्जा’ को समेत प्रारम्भ गरेको छ ।

सक्षमसँगको यो साझेदारीले ग्राहकका आवश्यकताहरुलाई केन्द्र बिन्दुमा राख्दै र उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु अवलम्बन गर्दै बैंकको साना तथा मझौला उद्यमीप्रतिको आस्थालाई अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । नबिल सजिलो कर्जा योजनामा, चार करोडसम्म व्यापारको आकार भएका र एक करोड ५० लाखसम्म ऋण आवश्यकता भएका साना तथा मझौला उद्यमीहरु लक्षित गरी १० दशमलव ५० दशमलव आकर्षक ब्याज दरमा उपलब्ध हुनेछ । साथै यो योजनामा निःशुल्क कारोबार सूचक सेवा, निःशुल्क मासिक बैंक ई–स्टेटमेन्ट र व्यवसायका सञ्चालकलाई निःशुल्क क्रेडिट कार्ड जारी गर्ने जस्ता सुविधाहरु उपलब्ध हुनेछन् साथै उक्त कर्जा योजनामा ग्राहकले सम्पूर्ण कागजात पेस गरेको पाँच कार्य दिनभित्र बैंकले कर्जा प्रदान गर्नेछ ।

हामी कार्यक्रमअन्तर्गत नबिल बैंकमा साना तथा मझौला व्यवसायी लक्षित रणनीति तर्जुमा तथा कार्यक्रम गर्नको लागि युुकेएड सक्षमसँग साझेदारी गर्न पाउँदा ज्यादै हर्षित छौं । यो साझेदारीले नवीनतम सोचहरु उत्पादन गर्ने कुरामा हामी आशावादी छौँ र जसको उपयोग गरी नबिल बैंकमा साना तथा मझौला उद्यमीको वर्गलाई थप मजबुत बनाउनेछ । साझेदारीको साथ साथै उद्यमशीलताको विकास र आर्थिक तथा व्यावसायिक वृद्धिका लागि साना तथा मझौला उद्यमी लक्षित योजना नबिल सजिलो कर्जा सार्वजनिक गर्न पाउँदा ज्यादै नै हर्षित छौं, कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने । सक्षमका टिम लिडर दाहालले भने साना तथा मझौला उद्यमीहरुको मर्म तथा आवश्यकतालाई मध्यनजर गर्दै नेपाली बैंकिङ क्षेत्रले साना तथा मझौला व्यवसायप्रति आमूल परिवर्तन ल्याउन नबिल बैंकले महत्वपूर्ण भूमिका निभाउने कुरामा हामी विस्वस्त छौँ ।

यो साझेदारीमार्फत बैंकले सम्पूर्ण साना तथा मझौला व्यवसाय क्षेत्रलाई पूर्ण वित्तीय सेवाहरु प्रवाह गर्ने कुरामा हामी ढुक्क छौं । सक्षम, युुकेएडबाट वित्तीय स्रोत प्राप्त वित्तीय कार्यक्रम हो । यो कार्यक्रमको कार्यान्वयन डीएफआईडी नेपालको लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँगको साझेदारीमा लुइस बर्जरले गर्दै आएको छ । बैंकले आफ्नो देशभर ७५ वटा शाखा कार्यालयहरु, एक सय २५ वटा एटीएम काउन्टर १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com