काठमाण्डौँ,फागुन ३०
ग्लोबल आईएमई बैंक र रेडियन्ट लाइफ केयरबीच सम्झौता भएको छ । बैंकले भारतको नयाँ दिल्लीस्थित बीएलके सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बईस्थित नानावतीसुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाइफ केयर प्रालिद्वारा सञ्चालित) सँग सम्झौता गरेको हो । बुुधबार दुुवै संस्थाका प्रमुखहरुले हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । बैंकले रेडियन्ट लाइफ केयरसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरेको जानकारी दिएको छ । सम्भौतापत्रमा रेडियन्ट लाइफका तर्फबाट व्यवसाय सञ्चालन प्रमुख सुनिल कपुर र ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याइरहेको छ । उक्त सम्झौतापश्चात् भारतको नयाँ दिल्लीमा बीएलके सुपर स्पेस्यालिटी हस्पिटल र मुम्बईमा नानावती सुपर स्पेस्यालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एक सय ३४ वटा शाखा, १५ वटा राजस्व सङ्कलन काउण्टर, एक सय ४२ एटीएम, नौ वटा एक्सटेन्सन काउण्टर तथा एक सय २० वटा शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत आफ्ना नौ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन र जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा
महत्वपूर्ण योगदान पुयाउँदै आइरहेको छ ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com