फोर्डको पा“च किलोमिटर फन रन

काठमाण्डौँ,चैत ६

नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ फोर्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ५.२ किलोमिटर फन रनको आयोजना गरेको छ । हाइयर ग्राउन्ड र पाँग्रोको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा एक हजार दुई सयभन्दा बढी महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तीकरणका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

उक्त दौड प्रतियोगितामा महिलातर्फ रसिला तमाङ प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरेको थिए भने पुरुषतर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ दोस्रो र सुवर्ण थपलियाले तेस्रो स्थान प्राप्त गरेका थिए । कार्यक्रमको सुरुवात ज्ािम खानाद्वारा हल्का व्यायाम र पछि जुम्बा सेसनको समन्वयमा इलिगेन्ट जुम्बा जोन र डान्स स्टुडियो, नित्य डान्स स्टुडियो र फिटनेस स्टुडियोले गरेका थिए ।

साथै यस कार्यक्रमको एक प्रमुख आकर्षणको रुपमा रहेको थियो ब्लाइन्ड रक्सका सृष्टि केसीद्वारा समन्वय गरेको फेसन शो जसमा दृष्टिविहीनद्वारा फेसन शो गरेका थिए । यस फेशन शोलाई पूर्व मिस नेपाल निकिता चन्डकले कोरियोग्राफी गरेकी थिइन् । साथै महिलाहरुका लागि आत्मरक्षाका तरिकाहरुको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा महिला उद्यमीहरुले बनाएका नेपाली उत्पादनका सर–सामानहरुका स्टल पनि राखिएका थिए ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com