माछापुुच्छ्रेद्वारा ‘रेमिट्याप’ डिजिटल वालेट रेमिट्यान्स सेवाको शुभारम्भ

 

काठमाडौं, चैत २७
माछापुुच्छ्रे बैंकले ‘रेमिट्याप’ डिजिटल वालेट रेमिट्यान्स सेवाको शुभारम्भ गरेको छ । माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुका अतिरिक्त बैंकका ग्राहकहरु लगायत सम्पूर्ण सर्वसाधरणको सुविधाका लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालनसम्बन्धी त्रि–पक्षीय सम्झौता भएअनुरुप सोमबार पत्रकार सम्मेलन गरी बैंकले ‘रेमिट्याप’ मोबाइल वालेट सेवाको शुभारम्भ भएको जानकारी दिएको हो ।

यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री इ–रेमिट्यान्स, इ–पेमेन्ट माध्यम हो, जसको प्रयोगबाट छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनुभएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताए । साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाइन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किप्टेड भर्चुअल मनी कार्ड) मार्फत गर्न सकिने प्रविधिसमेत रहेको जानकारी दिए ।

त्यसैगरी एएमभी टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता/वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १० हजार ठाउँबाट रकम झिक्न सकिने व्यवस्थासमेत रहेको बताए ।

यो सेवाको शुभारम्भसँगै माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफूले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् ।

यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड दुवै अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि उपलब्ध छ ।
बैंकले ९९ वटा शाखाहरु लगायत ७६ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा एक सय ७५ स्थानबाट बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर एक सय २१ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com