पूर्वराजा ज्ञानेन्द्रको होटल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

जीएम यादव
नेपालगञ्ज, वैशाख ४
एक अर्ब २५ करोडभन्दा बढी लगानीमा नेपालगञ्जको वसुदेवपुरमा सञ्चालित नेपालकै पहिलो ग्रिन पाँचतारे होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक वर्षअघि सफ्ट ओपिनिङ गरी सञ्चालनमा ल्याइएको सोल्टी होटलको मंगलबार ग्राण्ड ओपिनिङ गरिएको हो । सुविधा सम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढ्नुका साथै वातावरणीय असर पनि पु-याएको हुन्छ । तर, यहाँको भुजइगाउँ, वसुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूल छ । यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ । हेर्दा सामान्य होटल जस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ । यसलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ ।

जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रुपमा प्रयोग गर्दै आएको छ । वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरीवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्काले बताए । महाप्रबन्धक खड्काले भने, ‘होटलको संरचना, होटल बन्ने क्षेत्रलगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको बताए । हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएको छ । फोहोर, बत्ती, एसी र पानी व्यवस्थापन त्यही मापदण्डअनुसार रहेको छ ।

रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी र क्यानाडालगायत मुलुकका होटलमा छन् । मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको छ, स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि सुरु गरिएको महाप्रबन्धक खड्काले बताए ।
विद्युत्मा मितव्ययिता अपनाएको होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तातोमा बस्न नसक्नेहरुका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेर भित्र पठाउने र सोही हावा बाहिर जाँदा अझ सफा गरेर पठाइन्छ । ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन् । जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ । नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ ।

छिडरले पानी प्रत्येक कोठामा पठाउँछ । ठाउँ–ठाउँमा सेन्सर जडान गरिएको छ । भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसो कति तापक्रममा छ ? भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ । यसका लागि साढे पाँच लाख लिटरको पानी ट्यांकी राखिएको छ । फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको महाप्रबन्धक खड्काले बताए । करिब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल र काठमाडौंस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो । एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा लिन सक्छन् । क्यासिनो सुरु गरिने योजना छ । होटलमा ८१ कोठा छन् । एक रात बस्न चाहेमा चार हजार ३०० खर्चनुपर्नेछ । डोल्पा, रारा र मानसरोवर जाने पर्यटक होटलमा बस्ने गरेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com