बालबालिकाले फेसबुकमा ‘लाइक’ गर्न नमिल्ने बनाउन बेलायतको प्रस्ताव

लण्डन, वैशाख ४
बेलायतको निजी कुरा नियन्त्रकले फेसबुकमा बालबालिकालाई लाइक गर्न नमिल्ने बनाउन प्रस्ताव गरेका छन् । बालबालिकाको अनलाइन प्राइभेसी (निजी कुराहरु)को रक्षा गर्न सामाजिक सञ्जालहरुले उक्त काम गर्नुपर्ने गरी कडा कानुनको प्रस्ताव गरेको बताइएको छ । यो कानुनको मस्यौदा समेत तयार भएको छ । सोमबार मात्रै यसलाई सार्वजनिक गरिएको थियो । मस्यौदामा प्रविधि कम्पनीहरुले ‘नज टेक्निक’ प्रयोग गरी बालबालिकालाई सामाजिक सञ्जाल चलाउन हौसला दिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

बेलायती सूचना आयोगले ‘रिवार्ड लुप्स’ जसले मानिसलाई सामाजिक सञ्जालहरु प्रयोग गर्दा व्यक्तिगत डाटा संकलन गर्न सहयोग पु-याउँछ, त्यसलाई उदाहरणको रुपमा लिँदै यस्तो व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ । फेसबुक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालमा लाइक गर्दा अन्य मानिसहरुसम्म पहुँच राख्न सकिन्छ ।

प्रस्ताव गरिएको कोड अफ प्राक्टिसले १६ सीमा निर्धारण गर्नेछ, जसलाई एप्लिकेसन, सामाजिक सञ्जालहरु, सर्च इन्जिन, समाचार वा शैक्षिक वेबसाइट र लाइभ स्ट्रिमिङ वा अन्य अनलाइन सेवाले अनुशरण गर्नैपर्ने हुन्छ । तर यो प्रस्ताव बेलायतमा सेवा दिने कम्पनीहरुको लागि हुने स्पष्ट पारिएको छ । तर कम्पनी जहाँ जुन देशको भए पनि बेलायतमा भने उक्त प्रावधान मान्नैपर्नेछ । त्यस्तै मस्यौदामा ‘हाई प्राइभेसी’ सेटिङको माग पनि गरिएको छ । सँगसँगै कुनै पनि व्यक्तिको न्यूनतम तथ्यांक मात्रै संकलन हुनुपर्ने र मानिसको ठेगाना नखुल्ने फिचर प्रयोग हुनुपर्ने शर्त राखिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com