सेयर बजारमा झण्डै चार अंकले सुधार

एक सय ७६ वटा कम्पनीहरुको ६१ करोड ४१ लाखको सेयर कारोबार

काठमाडौं, वैशाख ११
सेयर बजारमा सुधार आएको छ । अघिल्लो दिन झण्डै आठ अंकले ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन सोमबार तीन दशमलव ७४ अंंकले उकालो लागेर १२ सय ६० दशमलव ६८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव नौ अंकले उकालो लागेर दुुई सय ७२ दशमलव २७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार छ हजार छ सय ६० वटा कारोबारमा १८ लाख एक हजार पाँच सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ६१ करोड ४१ लाख ४७ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।

यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ११ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार पाँच वटा समूहको कारोबार सूचक उकालो लागेका छन् भने छ वटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ६६ अंकले उकालो लागेर ११ सय ६० दशमलव ४० अंकमा चढ्दा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ५७ अंकले उकालो लागेर १५ सय १३ दशमलव २२ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव ४१ अंकले उकालो लागेर पाँच हजार पाँच सय ४२ दशमलव ९३ अंकमा चढेको छ । यीबाहेक फाइनान्स र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः एक दशमलव ४५ र ४६ दशमलव आठ अंकले उकालो लागेका छन् । जलविद्युुत् समूहको सूचक भने यसदिन चार दशमलव ११ अंकले ओरालो लागेर ११ सय ३५ दशमलव ६१ अंकमा झर्दा जीवन बीमा समूहको सूचक पनि चार दशमलव ९५ अंकले ओरालो लागेर छ हजार दुुई सय २७ दशमलव ९७ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, अन्य र लघुवित्त समूहको सूचक पनि ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ८९ पैसाले बढेर तीन सय ८९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य सात रुपैयाँ १४ पैसाले बढेर एक सय ५० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक राधी जलविद्युुत् कम्पनी, युुनिलिभर नेपाल लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने चार रुपैयाँ ७९ पैसाले घटेर एक सय ३९ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य चार रुपैयाँ ६७ पैसाले घटेर एक सय ६३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक भार्गभ विकास बैंक, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् । यसदिन छिमेक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त संस्थाको प्रतिकित्ता एक हजार २० रुपैयाँ अन्तिम मूल्यमा चार करोड ८१ लाख ८६ हजार आठ सय ८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको तीन सय १० रुपैयाँ अन्तिम मूल्यमा चार करोड नौ लाख ५८ हजार दुुई सय ६३ रुपैयाँको किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, एनआइसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com