रोयल क्यासिनोकी जयन्ती थापा जेल जान तयार

काठमाडौँ,वैशाख १२

गिल्ट इन्भेष्टमेण्ट कम्पनी प्रालिले दरबारमार्गको पाँचतारे होटल याक एण्ड यतिमा खोलेको रोयल क्यासिनोकी एकल सञ्चालक जयन्ती थापाले गिल्ट इन्भेष्टमेण्ट कम्पनीले तिर्न बाँकी रोयल्टी सरकारलाई आफूले तिर्ने पत्राचार गरेकी छिन् । सञ्चालक थापाले गत माघ ९ गते पर्यटन विभागको महानिर्देशकलाई सम्बोधन गरेर लेखेको पत्र विभागमा दर्ता गरेकी छन् । उनले गत भदौ १७ गते सुरेन्द्रबहादुर सिंहको नाममा रहेको गिल्ट इन्भेष्टमेण्ट कम्पनीको शतप्रतिशत सेयर खरिद गरेकी थिइन् । तर सुरेन्द्रबहादुर सिंहले कर चुक्ता नै नगरी कम्पनी रजिष्ट्रारलाई नजराना दिएर जयन्ती थापाको नाममा नामसारी गरिदिएको थियो ।

त्यस सम्बन्धमा समाचार आर्थिक दैनिकले यसअघि नै प्रकाशन गरिसकेको छ । गिल्ट इन्भेष्टमेन्टले तिर्नुपर्ने १४ करोड ५३ लाख ५ सय ४७ रुपैयाँ कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा बक्यौता बाधेर राखिएको छ । त्यसपछि गिल्ट इन्भेष्टमेण्टले तिर्नुपर्ने १३ करोड २८ लाख ५९ हजार ४ सय १४ रुपैयाँ रोयल्टी चुक्ता नै नगरी सिंहले कम्पनी रजिष्ट्रारले सिंहको नामको गिल्ट इन्भेष्टमेण्ट कम्पनी जयन्ती थापाको नाममा सारेको थियो । कम्पनी जयन्तीको नाममा नासारी भएपछि स्रोत नखुलेको कालोधन लगानी गरेर २५ करोड चुक्ता पुँजी भएको गिल्ट इन्भेष्टमेण्ट जयन्ती थापाले सुरेन्द्रबहादुर सिंहसँग किनेकोले उनको सम्पत्तिको स्रोत छानबिन गर्दा कारबाही गरिपाऊँ भनी उतिबेलै सुजन दाहालले सम्पत्ति शुद्धीकरण विभागमा हालेको उजुरीमाथि पनि छानबिन भइरहेको छ ।


त्यसबाहेक यसवर्षको तिर्नुपर्ने रोयल्टी ५ करोड, कुमारीचोकमा हिसाब बाँधिएको बक्यौता १४ करोड ५४ लाख र अहिले तिर्न बाँकी देखिएको १३ करोड २८ लाख गरी ३२ करोड ८२ लाख ५५ हजार रुपैयाँ रोयल्टी मात्र तिर्नुपर्ने देखिन्छ । मजदुरलाई दिन बाँकी तलबभत्ता मात्र १५ करोड रुपैयाँभन्दा बढी रहेको छ । त्यो सबै गर्दा झण्डै ४८ करोड रुपैयाँभन्दा बढी रकम तिर्नुपर्ने र २५ करोड रुपैयाँमा कम्पनी किनेको स्रोत थापाले देखाउनु अवस्था छ । ठीक त्यस्तो अप्ठ्यारो बेला थापाले सबै बाँकी बक्यौता मैले तिर्ने हो, म तिर्छु भनेर पर्यटन विभागलाई पत्र लेखेको पाइएपछि उनी जेल जान तयार रहेको अर्थ लगाउन थालिएको छ । त्यही क्यासिनोमा कार्यरत एक मजदुर नेतृ जयन्ती थापाको नाममा २५ करोड चुक्तापुँजीको कम्पनी नामसारी हुनु र यति ठूलो कारोबारमा संलग्न हुनले उनको सम्पत्ति थप शंकास्पद बन्दै गएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com