मेरिल्याण्ड तीनै विधामा नेपाल प्रथम

काठमाडौं, जेठ ८
वि.सं. २०५९ सालमा स्थापित विराटनगरको एक मात्र व्यवस्थापन शिक्षा प्रदान गर्ने मेरिल्याण्ड कलेजले २०७५ सालमा तीनवटै विधामा नेपाल प्रथम गरेर विराटनगरलाई साँच्चिकै शिक्षाको हब भएको प्रमाणित गरेको छ । देशभरिकै चार हजारभन्दा बढी उ.मा.वि.मध्ये मेरिल्याण्डले फेरि पनि अब्बल दर्जा प्राप्त गरेको छ । २०७५ सालको कक्षा ११ को नतिजामा छात्रा पूजा शाह र निशा पोखरेलले समान ३.९२ जीपीए ल्याएर नेपाल प्रथम हुन सफल भएका छन् । त्यस्तै सिमरन अग्रवाल बीबीएस प्रथम वर्षमा नेपालभर नै सबैभन्दा बढी ७७ प्रतिशत अंक ल्याएर नेपाल प्रथम हुन सफल भएकी छिन् ।

त्यस्तै सीएतर्फ आई क्यानले लिएको परीक्षामा २२ वर्षको काठमाडौंको इतिहास तोड्दै उपत्यकाबाहिर पहिलोपटक क्याप आईआईमा मेरिल्याण्डका प्रनशा श्रेष्ठले नेपाल प्रथम स्थान प्राप्त गरिन् । स्मरण रहोस् २०६३ सालमा छात्र किन्जल पोखरेलले बीबीएसमा नेपाल प्रथम भई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट स्वर्णपदक प्राप्त गरेका थिए । मेरिल्याण्ड २०६३ देखि २०७३ सालसम्म सधैँ टपटेनमा पर्न सफल र २०७४ साल नेपाल दोस्रो हुन सफल भएको छ । हाल प्लस२ र बीबीएस गरी जम्मा २ हजार ३ सय ७ विद्यार्थीहरु अध्ययनरत छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com