सेयर बजार परिसूचक सात अंकले बढ्यो

एक सय ७१ कम्पनीहरुको ९६ करोड ६९ लाखको सेयर कारोबार
काठमाडौं, जेठ ९
सेयर बजार परिसूचक साताको चौंथो कारोबार दिन बुुधबार पनि उकालो लागेको छ । यसदिन बजार परिसूचक सात दशमलव ४९ अंकले उकालो लागेर १३ सय १९ दशमलव ६३ अंकमा चढेको छ । ‘क’ वर्र्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन एक दशमलव ३५ अंकले उकालो लागेर दुुई सय ८१ दशमलव २७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७१ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुुसार १२ हजार चार सय २२ वटा कारोबारमा ३४ लाख ३६ हजार नौ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९६ करोड ६६ लाख ९३ हजार दुुई सय ४९ रुपैयाँ पुुगेको छ ।

यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ११ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार दुुई वटा समूहको सूचक ओरालो लागेका छन् भने नौ वटा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ५९ अंकले उकालो लागेर ११ सय ६८ दशमलव ३६ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक छ दशमलव तीन अंकले उकालो लागेर १६ सय आठ दशमलव ८८ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ६८ दशमलव ६३ अंकले उकालो लागेर १३ सय ४३ दशमलव ६६ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव तीन अंकले उकालो लागेर छ सय २५ दशमलव ९१ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १० दशमलव ९४ अंकले उकालो लागेर पाँच हजार आठ सय ९० दशमलव ५२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ४३ दशमलव ५९ अंकले उकालो लागेर छ हजार छ सय ९४ दशमलव ८१ अंकमा चढेको छ । यीबाहेक होटल र लघुवित्त समूहको सूचक पनि क्रमशः ५२ दशमलव २३ र सात दशमलव २१ अंकले उकालो लागेका छन् । उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक भने यसदिन क्रमशः ८४ दशमलव ५३ र शून्य दशमलव दुुई अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० रुपैयाँले बढेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ७१ पैसाले बढेर तीन सय पाँच रुपैयाँमा किनबेच भएको छ । यीबाहेक अरुण कावेली हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ४८ पैसाले घटेर एक सय पाँच रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको पनि सेयर मूल्य पाँच रुपैयाँ १३ पैसाले घटेर १८ सय १० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन पनि नेपाल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । सो बैंकको प्रतिकित्ता तीन सय ४३ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ९६ लाख २८ हजार तीन सय ७५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्राइम कमर्सियल बैंकको पनि तीन सय ७० रुपैयाँ अन्तिम मूल्यमा छ करोड ३७ लाख ३७ हजार २४ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, बुुटवल पावर कम्पनी आदिको पनि बढी परिमाणमा रकम कारोबार भएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com