अख्तियारमा स्थानीय तहको उजुरीको चाङ


काडमाडौँ,असार २

संघीयतापछि स्थानीय तहबाट भएका कामका सम्बन्धमा अख्तियारमा उजुरीको चाङ नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा मात्रै चालू आव ०७५÷०७६ मा स्थानीय तहका एक सय १६ वटा उजुरी दर्ता भएका छन् ।

चालू आवमा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा दाङ, बाँके र बर्दियाका तीन सय ३८ वटा उजुरी परेको सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । संघीय व्यवस्थापछि स्थानीय तहमा विभिन्न कार्यालय गाभिए । विकास निर्माणसँगै स्वास्थ्य, शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा छ । त्यसैले बजेटको उपलब्धतासँगै स्थानीय तहहरुबाट भएका कामहरुमा उजुरी पर्ने क्रम पनि बढेको हो । अख्तियारमा बाँकेमा मात्रै ७० वटा उजुरी छन् । त्यस्तै, बर्दियाका २० र दाङका २६ वटा उजुरी चालू आवमा दर्ता भएका छन् । बाँकेमा सबैभन्दा बढी खजुरा गाउँपालिकाको काम कारबाहीमा २१ वटा उजुरी परेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको १६, कोहलपुर नगरपालिकाका ९, बजैनाथ गाउँपालिकाको ३, जानकी गाउँपालिकाको २, राप्तीसोनारी गाउँपालिकाको ७, नरैनापुर गाउँपालिकाको ५ र डुडुवा गाउँपालिकाको ३ उजुरी परेका छन् । दाङमा तुलसी उपमहानगरपालिकाको ८, घोराही उपमहानगरपालिकाको ३, लमही नगरपालिकाको ५, बंगलाचुली गाउँपालिकाको १, राजपुर गाउँपालिकाको ३, राप्ती गाउँपालिकोको १, शान्ति नगर गाउँपालिकाको ४ र बबई गाउँपालिकाको ३ वटा उजुरी अख्तियारमा परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिकाको ७, मधुवन, बारबर्दिया र राजापुरको १÷१, ठाकुरबाबा गाउँपालिकाको ३, बढैयाताल र गेरुवा गाउँपालिकाको २ वटा उजुरी अख्तियारमा परेका छन् । ‘प्राप्त उजुरीहरुमा आवश्यक कारबाहीहरु गरिरहेका छौँ’ अख्तियारको सूचना अधिकारी पौडेलले भने । तीन जिल्लाको जिम्मेवारी पाएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा उजुरी हेर्ने प्रमुखसहित तीन जना कर्मचारी मात्रै छन् । बाँकेमा स्थानीय तहबाहेक अन्य कार्यालयका एक सय २२ वटा उजुरी दर्ता भएको सूचना अधिकारी पौडेल बताउँछन् ।

बाँकेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धित कार्यालयका २७ वटा उजुरी अख्तियारमा छ भने बर्दियामा १९ र दाङको १२ वटा उजुरी परेका छन् । तीन जिल्लामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यालयहरुको ४३ वटा उजुरी छन् । जसमा बाँकेमा २१, बर्दिया र दाङमा ११÷११ वटा उजुरी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मातहतका कार्यालयहरुको उजुरी बाँकेका १८, बर्दियाको ८ र दाङको ४ वटा रहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरुको बाँकेमा १० वटा र दाङको उजुरी १ वटा अख्तियारमा रहेको छ । अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारबाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ । भ्रष्टाचारको गुनासोपछि अख्तियारले स्टिङ अपरेशनमार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्रयापमा पार्ने गरेको छ ।

चालू आवमा अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले १२ वटा स्टिङ अपरेशन गरेको सूचना अधिकारी पौडेल बताउँछन् । अख्तियारले सात वटा बाँकेमा, तीन वटा बर्दियामा र दाङमा दुई वटा स्टिङ अपरेशन गरेको हो ।‘नागरिकबाट भ्रष्टाचारको गुनासो आइरहने कार्यालयमा हाम्रो टिमले निगरानी गरिरहेको हुन्छ’ पौडेलले भने ।

जिएम यादव

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com