मध्यपहाडी सडकखण्डको पाँच किलोमिटर खण्डमा कालोपत्रे


काठमाडौँ,असार २
जिल्लालाई तराई तथा काठमाडौंसंग जोड्ने साथै जिल्लाको विकास र समृद्धिको ढोकाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको पाँच किलोमिटर भागमा कालोपत्रेको काम सम्पन्न भएको छ ।

करिब एक अर्ब ५० करोडको लागतमा निर्माणाधीन दिक्तेल–चखेवा भञ्ज्याङ ४७ किलोमिटर सडक खण्डअन्तर्गत दिक्तेलको रत्नपार्कदेखि नेर्पाको छेपेखोलासम्म पाँच किलोमिटर खण्डमा कालोपत्रेको काम सम्पन्न भएको हो । पाँच किलोमिटर भागमा कालोपत्र सकिएसँगै यस सडक खण्डको यात्रा सहज हुँदै गएको छ । दिक्तेलदेखि साकेला गाँउपालिकाको बाँझेच्यानडाँडा १ सेखुवासम्मको ३६ किलोमिटर खण्डमा कालोपत्रेका लागि ठेक्का लिएको निर्माण कम्पनी रमन गोल्डेन गुड जेभीले मध्यपहाडीमा चैत पहिलो हप्तादेखि कालोपत्रेको काम सुरु गरेको हो ।

फागुन पहिलो हप्ताबाट सुरु गरिने भनेको कालोपत्रे प्रतिकूल मौसमका कारण केही पछाडि धकेलिएको रमन गोल्डेन गुड जेभीले बताएको छ । दिक्तेलदेखि नेर्पाको छेपेखोलासम्म पिचसँगै आवश्यक नाली निर्माण, साइडमा पिल्लरहरु राख्ने, पिल्लरमा रंगरोगन गर्नेलगायतका अधिकांश काम सकिएको छ भने छेपेखोलादेखि नेर्पाको मिलनचोकसम्म तीन किलोमिटर भागमा फस्र्ट कोड प्राइमिङको काम सम्पन्न भएको गोल्डेन गुड सम्बद्ध प्राविधिकले जानकारी दिएका छन् । त्यस्तै मिलनचोकदेखि दारुलासम्मको भागमा सडकको आवश्यक चौडाइ विस्तार गर्ने, विभिन्न पर्खालहरु निर्माण गर्ने, ड्रेन निर्माण गर्ने, सडकको बेस तथा सबबेसलगायतका आवश्यक संरचनाहरु निर्माणकार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनी रमण गोल्डेन गुड जेभीका इन्चार्ज आङ साङ्गे शेर्पाले बताए ।

यसअघि चालू आर्थिक वर्षमा दिक्तेल–चखेवा खण्डको १८ किलोमिटर भागमा कालोपत्रेको काम सम्पन्न गरिसकिने बताइँदै आएको थियो । तर कामको गति सुस्त हुनुका साथै वर्षको समय सुरु भइसकेकोले यस वर्ष उक्त खण्डको कालोपत्रे करिब १० किलोमिटरमा मात्रै सीमित रहने देखिएको छ । खेमराज अधिकारी


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com