हकप्रद सेयर जारी गर्नेमा बीमा र लघुवित्त अगाडि

११ महिनामा चार अर्ब ३२ करोड रुपैयाँको हकप्रद स्वीकृत


काठमाडौँ,असार २
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको झण्डै ११ महिनासम्मको अवधिमा चार अर्ब ३२ करोड ६८ लाख ५० जार आठ सय ७३ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार वि.सं. २०७४ साउन २४ गतेदेखि २०७६ जेठ ५ गतेसम्म १५ वटा संस्थाहरुलाई एक अंकित मूल्य एक सय रुपैयाँ कायम रहने गरी चार करोड ३२ लाख ६८ हजार पाँच सय आठ दशमलव ७३ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिइएको हो ।

यसरी अनुमति पाउने संस्थाहरुमध्ये पाँच बीमा कम्पनी र १० लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । बोर्डका अनुसार पछिल्लो समयमा हकप्रद सेयर जारी गर्न अनुमति पाएका संस्थाहरुमध्ये सबैजसो संस्थाहरुले नियमसंगत रुपमा हकप्रद सेयर बिक्री गरी बाँडफाँट समेत सम्पन्न गरेका छन् । बोर्डका अनुसार पछिल्लो पटक जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको दुई करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी दुई लाख ८८ हजार कित्ता हकप्रद सेयर स्वीकृत गरिएको हो । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था)ले पनि पछिल्लो समयमा ३५ करोड ८५ लाख २६ हजार चार सय रुपैयाँबरारबको हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । बोर्डका अनुसार संस्थालाई हाल कायम रहेको चुक्ता पुँजीबाट एकबराबर आठ दशमलव ६४ को अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी ३५ लाख ८५ हजार दुई सय ६४ कित्ता हकप्रद सेयर निष्काशन गनको लागि अनुमति दिइएको हो । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । पछिल्लो समय एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि कम्पनीको विद्यमान चुक्ता पुँजीबाट एकबराबर तीनको अनुपातमा ८२ लाख १९ हजार चार सय कित्ताबराबरको ८२ करोड १९ लाख ४७ हजार पाँच सय रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डका अनुसार ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले पनि ३२ करोड ७५ लाख रुपैयाँबराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएको थियो । उक्त संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनआईबीएल क्यापिटल लिमिटेड रहेको थियो । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि बिक्री प्रबन्धक एनआईबील क्यापिटलमार्फत ७५ करोड ४० लाख ७३ हजार रुपैयाँबराबरको ७५ लाख ४० हजार तीन सय ५२ दशमलव ७३ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि स्वीकृति पाएको थियो । बोर्डका अनुसार यीबाहेक नाडेप लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसहितका एक दर्जनभन्दा बढी कम्पनीहरुले हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएका छन् । यीमध्ये एकाध बाहेकका सबैजसो कम्पनीहरुले हकप्रद सेयर बिक्री गरिसकेको बोर्डले जानकारी दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com