डब्ल्यूटीओबाहिर गएर व्यापार व्यवस्था अपनाउन नहुनेमा जोड

काठमाडौं, असार २०
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा विश्वव्यापार संगठनबाहिर गएर व्यापार व्यवस्था अपनाउन नहुने बताएका छन् । चेम्बरले विद्यमान आर्थिक क्षेत्रमा देखिएका समस्या तथा निजी क्षेत्रसँग सम्बन्धित विषयहरूमा सरोकारवालाहरूसँग गरेको छलफल कार्यक्रममा सम्पत्ति शुद्धीकरणका विषयमा उद्योगी व्यवसायीलाई नकारात्मक सन्देश प्रवाह हुन नहुने भन्दै भ्रष्टाचार, आतङ्कवाद, मानव बेचबिखन र ओसारपसारको विषयमात्रै समावेश हुनुपर्ने बताए । श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा आएका करसम्बन्धी व्यवस्था र व्यवसायीहरूका समस्या र सुझाव राखेका थिए । छलफलमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले ढुवानीमा भ्याट लगाउनभन्दा पनि सेवा कर लगाउँदा उत्तम हुने बताए ।

हालको बजेट वक्तव्यमा प्यान नम्बर लिनुपर्ने अनिवार्य व्यवस्था सम्बन्धमा सबै कामदारलाई यो व्यवस्था तत्काल लागू सम्भव नभएको जानकारी दिँदै उनले चेम्बर अफ कमर्स सकारात्मक रहँदारहँदै पनि छिमेकी मुलुकबाट मजदुर आउने तथा अधिकांश मजदुरहरूले प्यान नम्बर लिन समस्या रहेको उल्लेख गरे । कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले व्यवसाय संकुचन गरेर मुलुकले तीव्रतर विकास गर्न नसक्ने र सरकारको सकारात्मक धारणा रहेकोमा आश्वस्त रहन उद्यमी व्यवसायीलाई आग्रह गरे । राजस्व परामर्श समितिको कार्यलाई अझ प्रभावकारी बनाउन स्थायी संयन्त्रको रूपमा बेग्लै राजस्व बोर्ड बनाएर काम गर्ने सरकारले नीति अपनाइसकेको जानकारी दिए । यसले निजी क्षेत्रको राय समेत आगामी दिनमा प्रभावकारी ढंगले समेट्ने उनले बताए ।

प्यानको सम्बन्धमा उनले सबै नेपालीको बैंक खाता खोल्ने अभियान सरकारले सञ्चालन गरेको र स्थानीय तहमा समेत बैंकको पहुँच पुगेकोले केही सहजता हुने तथा मजदुरलाई प्यान नम्बर दिने अभियान सरकार आफैँले घर घरमा गइदिने व्यवस्था गरिरहेको जानकारी दिए । अर्थसचिव डा. राजन खनालले उद्यमी व्यवसायीको मागअनुरूप कारोबार मूल्यलाई नै मान्यता दिने सम्बन्धमा चीनसँगको नाकाबाट व्यापार गर्दा बैंकिङ प्रणालीअन्तर्गत एलसीबाट व्यापार गराउनेतर्फ सरकारले प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले हाल तरकारी तथा फलफूल भन्सार नाकामा रोकिएको सम्बन्धमा तत्कालै सरकारको सम्बन्धित निकाय बसी छलफल भई निष्कर्षमा पुगेर समस्या समाधान भएको बताए ।

सचिव खनालले भूमिको हदबन्दीसम्बन्धी ऐन आउन लागेको सम्बन्धमा औद्योगिक तथा व्यावसायिक प्रयोजनको लागि लिइएको भूमि सोही प्रयोजनमा उपयोग गरिएमा औद्योगिक तथा व्यावसायिक सुविधा दिनेतर्फ छलफल भएको बताए । निर्यात प्रवर्द्धनका लागि नगद अनुदानको व्यवस्था यस आर्थिक वर्ष थप वस्तुहरूमा प्रदान गरिएको बण्डेड बयरहाउसको सुविधा दिइएको बताउँदै फोर्स मर्जरमा गएमा बैंकको संख्या घटेपछि सीडी अनुपात कम भए पुग्ने विदेशी इक्विटी आकर्षण गर्न समेत सहज हुने बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com