निगमको युरोप उडानमा सहजीकरण गरिदिन युरोपेली संघसँग आग्रह

काठमाडौं, असार २०
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले युरोपेली संघले नेपाल वायुसेवा निगमको युरोपेली गन्तव्यमा हुने उडानमा सहजीकरण गर्नुपर्ने बताएका छन् । उपराष्ट्रपति पुनसँग नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज जेभियर लेगरले बिहीबार अपरान्ह उपराष्ट्रपति भवन ग्रिनहाउसमा गरेको शिष्टाचार भेटमा उनले वायुसेवा निगमको जहाज युरोपमा उडान भर्न चाहेको बताए । ‘हामी नेपाल वायुसेवाको जहाज युरोपमा उडान भर्न चाहन्छौँ’, उपराष्ट्रपति पुनले भने, ‘युरोपेली संघले नेपाल वायु सेवा निगमको युरोपेली गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ ।’

भेटमा उपराष्ट्रपतिले नेपाल र फ्रान्सको सम्बन्ध धेरै पुरानो र उत्कृष्ट भएको बताए । उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ बन्दै आएको बताए । उपराष्ट्रपतिले भेटमा नेपाल राजनीतिक स्थायित्वपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताए । उनले कृषि, पर्यटन, जलविद्युतको विकास, भौतिक पूर्वाधार निर्माण र सुशासन कायम नेपालको प्राथमिकतामा रहेको बताए । उपराष्ट्रपतिसँगको भेटमा फ्रान्सका राजदूत लेगरले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सांस्कृतिक सम्पदा देखेर फ्रान्स खुसी रहेको बताए । उनले फ्रान्स र नेपालबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउँदै दुई देशबीचको सम्बन्ध प्रगाढ बनिरहेको बताए । साथै राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहिरहेको बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com