नेपाल–चीन उद्योग संघ र नान्जिङ उद्योग संघबीच द्विपक्षीय समझदारी

काठमाडौं, असार २०
नेपाल–चीन उद्योग संघ र नान्जिङ उद्योग संघबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नान्जिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष माओ हुहाओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १० सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपाली व्यवसायीहरुसँग भेट गरी द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेको हो । सो अवसरमा नान्जिङ उद्योग वाणिज्य संघ तथा नेपाल चीन उद्योग वाणिज्य संघबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रअनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवर्द्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्नेछन् ।

व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानमार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्नेछ । साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागी हुन एक आपसमा सहयोग गुर्ने समेत उल्लेख छ । सो अवसरमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले संघको स्थापना १९ वर्ष पहिला दुईपक्षीय आर्थिक तथा लगानी प्रवर्द्धन, पर्यटन, कृषिको विकास गर्ने उद्देश्यले भएको र हालसम्म ३२ वटा चिनियाँ व्यावसायिक संघ संस्थासँग संघले समझदारीपत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको बताए ।

अध्यक्ष तुलाधरले हाल दुई देशबीचको बढ्दो व्यापारघाटा कम गर्न नेपाली व्यवसायीहरुलाई चीनमा आयोजना हुने व्यापार मेलामा सहभागिताका लागि अनुरोध गर्दै निर्यात बढाउन तथा पर्यटनमा नेपाललाई सघाउन अनुरोध गरे । उनले लगानीका लागि पर्यटन, कृषि, जलस्रोत तथा पूर्वाधार उपयुक्त क्षेत्र रहेको समेत बताए । नान्जिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष माओ हुहाओले नान्जिङ औद्योगिक तथा अत्याधुनिक सहरमात्र नभएर विविध वस्तुको उत्पादन तथा निर्यातका लागि प्रख्यात रहेको जानकारी दिए । नान्जिङमा आयोजना गरिने अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक मेलामा नेपाली व्यवसायीहरुलाई नेपाली उत्पादन प्रदर्शनका लागि निमन्त्रणा गरे । उनले नान्जिङका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने समेत बताए । साथै प्रतिनिधिमण्डलका सदस्यहरुले नेपालमा लगानीका अवसर, पर्यटन व्यवसाय आदिका वारेमा जिज्ञासा राखेका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com