राजनीतिको आडमा सडकको रकम हडप्न खोज्दै

हिमेश वि.क.
धनगढी, असार २२
गोदावरी नगरपालिका वडा नं.२ बस्ने धर्मसिंह कुँवरमाथि कालोपत्रे सडकको लागि आएको रकम कुम्ल्याउन खोजेको आरोप लागेको छ । प्रदेश सरकारले २ किमि सडकका लागि आ.व.०७५/०७६ मा विनियोजन गरेको २७ लाख हाराहारीको रकम आधा काम नै नगरी रकम हडप्न खोजेको स्थानीय मिनबहादुर घर्तीमगर (विश्व)ले बताए । उनले भने, ‘भौतिक पूर्वाधार विकास आयोजनाका प्राविधिक अनिल भट्ट र ज्योति श्रेष्ठले सम्पन्न नभएको बाटो पास गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार बेलुका भट्ट र श्रेष्ठ स्थानीयको कुरा नै नसुनी बाटो नक्सान गरी लगेका छन् ।’

स्थानीयबासीले प्राविधिकसँग कुरा गर्न खोज्दा प्राविधिकहरूले धर्मसिंह कुँवरको आदेशअनुसार काम गरी फर्केका छन् । धर्मसिंह कुँवर नेकपाका जिल्ला सदस्य तथा रिलायबल लाइफ इन्स्योरेन्सका अत्तरिया शाखा प्रबन्धक हुन् । उनले राजनीतिक आडको भरमा धेरै ठाउँमा ठेक्कापट्टाको काम समेत गर्ने गरेका छन् । स्थानीय उपभोक्तालाई डर, धम्की देखाई शक्तिको दम्भ देखाएर ज्यान मार्न समेत धम्की दिने गरेको स्थानीय तथा शान्ति टोल विकास समितिका अध्यक्ष जयबहादुर धामी (जगत)ले बताए ।

कुँवरले स्थानीय उपभोक्तालाई ठेक्का सम्झौताको पत्र समेत देखाएका छैनन् । कुँवर पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य लेखराज भट्टका नजिकका व्यक्ति हुन् । त्यही भएर कुँवरले राजनीतिक दम्भ देखाएको उनी बताउँछन् । यो आर्थिक वर्षको अन्तिममा बजेट निकासका लागि यस्तो कँुवरले यस्तो हर्कत गरेको उनको भनाइ छ । गाउँलेका सामुन्नेमा सार्वजनिक सुनुवाइ नगरे बजेट नै निकास हुन नदिने उनको भनाइ छ । सडकमा पुरानै बालुवा, गिट्टी हालेर पुरेको छ । पानी पिच गर्नेमा कुनै पनि कामको सुरुवात नै गरेको छैन ।

यसका लागि प्रदेश सरकारको विभागीय मन्त्रालय अनुगमन गर्न जरुरी छ । उनले कम निकासका लागि पुराना समितिलाई भंग गरेर नयाँ समिति गठन गर्ने तयारीमा रहेका छन् । पुराना माइन्युटलाई च्यातेर नयाँ माइन्युट तयार समेत गरेका छन् । हालसम्म १२ लाखसम्म मात्रको काम भएको छ । यस्तो गैरकानुनी कार्यमा अगाडि बढ्न नदिने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा सरकारले भौतिक पूर्वाधार र यातायात मन्त्रालय र मातहतका सडक, रेल लगायतका पूर्वाधार विकासका विभिन्न कार्यक्रमका लागि अर्बौँ रूपैयाँ विनियोजन गरेको छ । भौतिक पूर्वाधार यातायात मन्त्रालयमा र त्यसका मातहतका आयोजना कार्यक्रमका लागि विनियोजित कार्यान्वयनमा अलमल भएर र यसरी राजसनीतिक आडमा आफ्ना कार्यकर्तालाई पालपोषण गरेमा स्थानीयलगायत आमजनताले विरोध गर्नेछन् । यी साना–साना कुराले सरकार नै असफल हुन सक्ने सङ्केत देखाएको छ ।

आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयअन्तर्गतका आयोजना/कार्यक्रमका लागि पुँजीगत र चालू खर्चका लागि सरकारले १ खर्ब ५६ अर्ब ६३ करोड ३२ लाख रूपैयाँ विनियोजन गरेको छ । भौतिक मन्त्रालय मातहतमा रहेर विगतमा ठेक्का लगेर काम भइरहेकका विभिन्न सडकका लागि केन्द्रबाट ६ अर्ब ८८ करोड ९५ लाख ३१ हजार रूपैयाँ प्रदेशका लागि सशर्त अनुदान शीर्षकमा समेत केन्द्र सरकारले बजेट पठाएको छ । योबाहेक प्रदेश र स्थानीय सरकारले पनि पूर्वाधार विकासकै लागि भनेर सडकको लागि अर्बौँ रूपैयाँ विनियोजन समेत गरेको छ । गोदावरी नरपालिका वडा नंं.२ मा राधाकृष्ण मन्दिरदेखि तेघरी आर्मी ब्यारेकको काभ्राको रुखसम्म कालोपत्रे सडक बन्दै छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com