सेतक चिनीको छुट पुर्जी रोकियो

हेमन्त के.सी.
जाँजरकोट, असार २२
समयमा निकासी पुर्जी नपाउँदा करिब नौ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको छ । प्रतिक्विन्टल ६० हजारमा बिक्री हुने करिब एक हजार पाँच सय क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो । हालसम्म संकलन तथा छुट पुर्जी पाउने आसमा रहेका व्यापारीले अब यस आर्थिक वर्षमा नपाउने निश्चित भएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नबनाएको र सामुदायिक वनको कार्ययोजना हालसम्म स्वीकृत नभएका कारण जिल्लाबाहिर निकासीका लागि व्यापारीले छुट पुर्जी पाउन नसकेका हुन् ।

छुट पुर्जी नपाउँदा लाखौँ लगानी गरेर सेतक चिनी खरिद गरेका व्यापारी चिन्तामा परेका छन् । वर्षात्को समयमा संकलित सेतक चिनी कुहिने डर उनीहरुलाई छ । डिभिजन वन कार्यालयले भदौअघि छुट पुर्जी दिन सकिने अवस्था नभएको बताएपछि व्यापारीहरु निराश भएर फर्केका छन् । जिल्लाका विभिन्न जङ्गलमा पाइने सेतक चिनी संकलन तथा निकासी पुर्जीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा गत कात्तिकमै व्यापारीले करिब छ हजार क्विन्टलको अनुमति मागेका थिए ।

सेतक चिनी पाइने सामुदायिक तथा राष्ट्रिय वनको कार्ययोजना र ईआईए नभएपछि डिभिजन वन कार्यालयले संकलन तथा निकासी पुर्जी दिनसकेन । बारेकोट गाउँपालिकाले वन ऐनविपरीत ६५ जना व्यापारीबाट दुई लाख धरौटी लिएर संकलन पुर्जी दियो । गाउँपालिकाकै अनुमतिका आधारमा व्यापारीले स्थानीय बासिन्दालाई सेतक चिनी संकलन गर्न लगाए । करिब छ हजार क्विन्टल सेतक चिनी संकलन भएको व्यापारीको भनाइ छ । उक्त सेतक चिनी निकासीका लागि करिब दुई सय व्यापारीले डिभिजन वन कार्यालयमा निवेदन दिए ।

ईआईए गरेका कारण पाँच सय क्विन्टलसम्मको संकलन तथा निकासी पुर्जी दिने अधिकार डिभिजन वन कार्यालयले पायो । पाँच सयभन्दा बढीको अनुमति दिन ईआईए गर्नुपर्ने प्रावधान छ तर कार्यालयले हालसम्म ईआईए गर्नसकेको छैन । एक्सन फर इञ्जिनियरिङ सोलुसनले जाजरकोटका वनको वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएकोे थियो तर समयमा उक्त कार्य नगर्दा समस्या देखिएको हो । ईआईए नगर्दा व्यापारीले हालसम्म संकलन तथा छुट पुर्जी पाउन नसकेका हुन् । यद्यपि व्यापारीले अवैध तरिकाले संकलित सेतक चिनी अवैध तरिकाले नै निकासी गरेका छन् । केही व्यापारीले जाजरकोटबाट छुट पुर्जी नपाउँदा रुकुम र डोल्पाबाट अनुमति लिएर निकासी गरेका छन् भने कतिपयले अवैध तरिकाले नै निकासी गरेको पाइएको छ । संकलित सेतक चिनीले निकासी पुर्जी नपाउँदा गोदाममा कुहिन थालेको छ ।

छुटपुर्जी नपाउँदा जिल्लाका रिम्ना, कालीमाटी र घाटमा सेतक चिनी अलपत्र अवस्थामा छ । व्यापारीले डिभिजन वन कार्यालय, जाजरकोटबाट समयमा संकलन तथा छुट पुर्जी दिन नसक्दा सरकारलाई करोडौंको राजस्व घाटा लागेको छ । व्यापारीले पनि अवैध तरिकाले चोरी संकलन र निकासी गर्न बाध्य भएका छन् । असोजको अन्तिम सातादेखि मंसिरको पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतक चिनी खन्ने गरिन्छ । जमिनमुनि सखरखण्डजस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकाली सकेपछि पकाएर सुकाउनुपर्छ ।

यसरी तयार पारिएको सयौँ क्विन्टल सेतक चिनी विभिन्न नाकाबाट चीनतर्फ निकास हुने गरेको छ । सेतक चिनी संकलन तथा निकासी पुर्जी लिनलाई कार्यालय धाउन थालेको नौ महिना बितिसक्दा पनि पाउन नसकेको व्यापारी राम सिंहले बताए । कार्यालयले छुट पुर्जी नदिएपछि सेतक चिनी संकलनमा गरेको लाखौँ रुपैयाँ लगानी गरिसकेका डुब्न थालेको उनको भनाइ छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com