सोलुखुम्बुमा भूकम्पबाट क्षति पुगेका ३९ प्रतिशत घर बने

महेन्द्र शाही
सोलुखुम्बु, असार २२
सोलुखुम्बुका भूकम्पबाट क्षति पुगेका निजी आवासमध्ये ३९ प्रतिशत भूकम्पपीडितले मात्र घर निर्माण गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ सोलुखुम्बुका अनुसार असार दोस्रो सातासम्म ३९ प्रतिशतले मात्र घर निर्माण गरेका हुन् । २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएका १२ हजार ९० घर रहेका थिए । तीमध्ये ३९ प्रतिशतले तेस्रो किस्ताबापतको अनुदान रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख विष्णु लामिछानेले जानकारी दिए ।

अहिले सोलुखुम्बुमा जम्मा चार हजार सात सय २५ जनाले तेस्रो किस्ताको रकम बुझेका छन् । तेस्रो किस्ताको रकम लिनेहरुलाई भवन निर्माण गरेको मानिने उनको भनाइ छ । जिल्लामा अहिले सम्म ११ हजार ४ सय ९२ जानले पहिलो किस्ता बुझेका छन् । सात हजार नौ सय १२ जनाले दोस्रो किस्ताबापतको रकम बुझेको आयोजनाले जनाएको छ । प्रबलीकरणमा परेकामध्ये पाँच सय ८३ जनाले पहिलो किस्ताको रकम बुझेका छन् । प्रबलीकरणका लागि जिल्लाबाट दोस्रो किस्ताको रकम बुझ्न अहिलेसम्म कोही पनि नआएको कार्यालयले जनाएको छ । तथ्यांकलाई हेर्दा लाभग्राही सूचीमा परेका पाँच सय ९८ जनाले अझै पनि पहिलो किस्ताबापतको अनुदान रकम बुझेका छैनन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com