‘सहकारीमा एकीकरण अपरिहार्य’

काठमाडौं, असार २२
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीमा सुशासनका निम्ति एकीकरण अपरिहार्य भएको बताएकी छन् । उनले सुशासन, उत्पादन वृद्धि, कृषिको रुपान्तरणका लागि सहकारीलाई एकीकरण गरेर मजबुत बनाउनुका लागि आह्वान समेत गरिन् । ९७औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र यूएनडीपीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उद्यमशीलता विकास र युवा तथा महिला सहभागिता वृद्धि गर्नका लागि सहकारीले जोड दिनुपर्ने बताइन् । यस वर्ष मर्यादित कामका लागि सहकारी भन्ने थिमका साथ ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो । प्रत्येक वर्षको जुलाई महिनाको पहिलो शनिबार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

युएनडीपीका आवासीय प्रतिनिधि आइसियानिलावेले दिगो विकास लक्ष्यप्राप्तिमा सहकारीले महत्वपूर्ण योगदान दिने बताउँदै नेपालमा युएनडीपीले ५ सयभन्दा बढि सहकारी र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्थानीय तहमा काम गरिरहेको बताइन् । उनले सहकारी अर्थतन्त्रको मुख्य आधार भएको बताउँदै सहकारीलाई महत्व दिएको नेपालको संविधानले विश्वका लागि उदाहरणीय रहेको बताइन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी सामाजिक व्यवसाय भएको बताए । योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मूल आधार र मेरुदण्ड रहेको बताए । उनले १५औं योजनाको अवधारणपत्रमा समृद्ध नेपाल सुखी नेपालीका लागि मापन गर्ने आधार समेत तयार गरिएको बताए ।

समृद्ध मुलुक निर्माणमा सहकारीको योगदान महत्वपूर्ण हुने बताए । उनले १२ वटा सूचकमार्फत समृद्धिको मापन गर्ने र सुखी नेपालको मापन ६ वटा लक्ष्य र २४ वटा सूचकबाट मापन गरिने बताए । नेपालको समृद्धिको अभियानमा सहकारी महत्वपूर्ण क्षेत्र रहेको सो भेलाले स्वीकारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्यादित समाज निर्माण गर्नका लागि सहकारीको भूमिका महत्व रहेको बताउँदै पत्यक्ष रुपमा सदस्य आफैँ समस्या समाधानकर्ता रहेको बताए । यसले मर्यादित कार्यव्यवहार, परिवेश, पुँजी प्रविधि सिर्जनामा योगदान गर्ने बताए । उनले सहकारी स्वयं मर्यादामा रहनुपर्ने संस्था रहेकोमा जोड दिँदै सहकारी समाजलाई रुपान्तरण गर्ने गेमचेन्जरका रुपमा रहेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलले कार्यक्रममा मर्यादित कामका लागि सहकारी विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे, महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष ओमदेवी मल्ल, पूर्वअध्यक्ष दिपक प्रकाश बाँस्कोटाले सम्बोधन गरेका थिए । नेपालमा हाल करिब ३५ हजार सहकारी संघ/संस्था रहेका छन् भने ६३ लाख जनसंख्या यो अभियानमा जोडिएका छन् । त्यस्तै ६० हजार जनालाई रोजगारी दिइएको छ । कुल महिला जनसख्याको २३ प्रतिशत महिला सहकारीमा आबद्ध रहेका तथ्यांकले देखाएको छ । यो नेपालको सबैभन्दा धेरै जनसहभागिता रहेको क्षेत्र हो ।

सहकारी पुरस्कृत :- अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रदेश १ मा झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो । प्रदेश ३ बाट ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि., गण्डकी प्रदेशबाट बाग्लुङको आदर्श सञ्चार सहकारी संस्था पुरस्कृत भए । प्रदेश ५ बाट रुपन्देही सामूहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदूरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कारसहित सम्मान गरिएको छ । त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com