सुनसान बन्दै सोलुखुम्बुको खुम्बु क्षेत्र

महेन्द्र शाही
सोलुखुम्बु, असार २३
केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय सिजनमा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ परेका होटल व्यवसायीहरू यतिखेर भने फुर्सदिला बनेका छन् ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोलापास, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतमा अहिले पर्यटकको चहलपहल अत्यन्तै कम रहेको छ । केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त बनेका छन् ।सिजनमा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले मुस्किलले एक दुई जना पर्यटक मात्रै भेटिने गरेका छन् ।

खुम्बु क्षेत्रमा मार्चको दोस्रो साताबाट सुरु भएको पर्यटकीय सिजन जुनको दोस्रो साताबाट कम हुँदै जाने खुम्बु पासाङ ल्हामु गाउँपालिका चारका वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । सिजनमा करिब पाँच सयदेखि छ सयको हाराहारीमा पर्यटकहरू खुम्बु क्षेत्र प्रवेश गर्ने गरेको भए पनि अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटकहरू आउने गरेको पर्यटन व्यवसायी लामा काजी शेर्पाको भनाइ छ ।

सिजनमा व्यस्त हुने निकुञ्ज कार्यलय समेत सिजन सकिएसँगै फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, मन्जो चेकपेष्टले जनाएको छ । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकहरू समेत सिजन सकिएपछि तिर्थयात्रा तथा भ्रमणका लागि बाहिर जाने गरेका छन् । उनीहरू अहिले काठमाण्डौं, लुम्बिनी, पोखरालगायतका तिर्थस्थलहरूको भ्रमणमा निस्किएका छन् ।

सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांशं व्यवसायी तथा होटल सञ्चालकहरू बाहिर निस्कने गरेको गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाले बताए । यस क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरू फुर्सदिला बनेका हुन् । सिजनमा कडा मेहनत गर्ने र अफसिजनमा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषताजस्तै बनेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com