सल्यानमा उत्पादित टिमुर ४० जिल्लामा निर्यात

सल्यान, असार २३
सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरू निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो । जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरू सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरूमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ । विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रूपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए ।

‘हामीले उत्पादन गर्ने विरुवाहरू गुणस्तरीय भएकैले ४० जिल्लाबाट तीन लाख रूपैयाँ भन्दा बढी विरुवाको माग आएको छ मागअनुसार विरुवा पाउन पनि गाह्रो छ’, शर्माले भने । उनले उत्पादन गरेका टिमुरका विरुवाहरू सङ्खुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आए पनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए । ‘अहिले मसँग एक लाख ५० हजार रूपैयाँको मात्रै विरुवा छ माग तीन लाख रूपैयाँको आएको छ अन्य विरुवा उत्पादकसँग समन्वय गरेर भएपनि पु-याउँछु’ उनले भने ।

टिमुरका प्रतिविरुवा ४० रूपैयाँका दरले बिक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको बताए । टिमुर तथा फलफूलका विरुवा उत्पादन गर्दै आएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पु-याउन नसकेर हैरानी खेप्नुपरेको छ । नर्सरीमा उत्पादन भएका विरुवाहरू मुख्य मौसम नआउँदै विरुवाहरू सकिएपछि गुनासो गर्नेहरूको सङ्ख्या धेरै रहेको छ । ‘नर्सरीमा दुई लाख बढी विरुवाहरू उत्पादन गरेको थिए असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरूको ताँती छ, विरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन’ योगीले भने । समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा विरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उनको भनाइ छ । 

प्रतिविरुवा ५० रूपैयाँ देखि ६० रूपैयाँसम्ममा बिक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म विरुवा उमारेको छौँ’ योगीले भने । टिमुरका विरुवाहरू खरिद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com