कालापानीमा खानेपानीको हाहाकार

खेमराज अधिकारी
खोटाङ, असार २३
जिल्लाको खोटेहाङ गाँउपालिका वडा नम्बर–९ लिच्किराम्चेस्थित कालापानीमा खानेपानीको चरम अभाव भएको छ । लामो खडेरीका कारण बस्ती वरपरका पानीका स्रोतहरू सुक्नुका साथै पानी ल्याउनका लागि अन्य वैकल्पिक स्रोतसमेत नहुँदा उक्त क्षेत्रमा पानीको अभाव भएको हो । सुख्खाग्रस्त क्षेत्रको रूपमा रहेको कालापानीमा एक सय १५ घर परिवार बसोबास गर्दै आइरहेका छन् । भएका मुहानहरू सुकिसकेकाले यस क्षेत्रको पानीको समस्या समाधान गर्न नदीको पानी तान्ने वा बस्ती सार्नु पर्ने बाध्यता रहेको छ । सुख्खाग्रस्त क्षेत्रको रूपमा रहेको यस क्षेत्रमा बर्षौदेखि स्थानीयले खानेपानीको चरम अभाव झेल्दै आएको स्थानीयवासीले बताएका छन् ।

बस्ती नजिकमा पानीका मुहानहरू थोपैविना सुकेपछि यहाँका स्थानीय करिब २ घण्टा पैदल हिडेर चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट पानी ल्याएर उपभोग गर्न बाध्य भएको स्थानीय अस्विन राउतले बताए । कालापानीमा केहि बर्ष अगाडी छिमेकी वडा ईन्द्रेणी पोखरीबाट ल्याइएको खानेपानीको मुहान सुकेपछि बस्तीमुनिको सावाखोलाबाट घन्टौं ओरालो झरेर पानी बोक्नु यतिखेर कालापानीवासीको दैनिकी बन्न थालेको छ । उनीहरूले घरपालुवा पशुपंक्षीलाई भने बर्षातमा जंगलमा जमेका आहालबाट ल्याएर खुवाउने गरेका छन् ।

खानेपानीको अभावमा यहाँका कतिपय स्थानीय पानीको खोजीमा बसाइ सरिसकेको बताइन्छ । पानीको समस्या चुलिदै गएपछि हाल यहाँका स्थानीयको खैरेनी दामुदायिक वनको आहालमा बर्षातमा जमेको पनी भर्नका लागि भीड लाग्ने गरेको छ । आहालबाट ल्याइने पानी मानिसलाई नभई पशुपंक्षीका लागि मात्र ल्याउने गरेको लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताए । यस्तै कालापानीको खानेपानी समस्यालाई मध्यनजर गर्दै सुनकोसीको पानी लिफ्टिङ गरेर गाँउमा पानी वितरण गर्ने गरी थालिएको रसुवाघाट कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको जनाईएको छ ।

बस्तीदेखि झन्डै दुई किलोमिटर मुनिको सुनकोसीबाट गाँउमा पानी ल्याउने गरी २०७२ साल चैत ११ गत्तेदेखि सुरु गरिएको अयोजनाको पम्प र विद्युत जडानको काम अन्तिम चरणमा रहेकोले छिट्टै कालापानीमा पानी निस्कने उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए । कालापानीमा खानेपानी योजना सञ्चालनका लागि पानीका स्रोतहरू नहँुदा अन्तिम विकल्पको रूपमा सुनकोसीबाट पम्पिङ प्रविधिमार्फत गाँउमा पानी तान्ने योजना अघि बढाइएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com