अकबरे खुर्सानीको व्यवसायबाट मनग्य आम्दानी

सुवास बस्नेत
दोलखा, असार २३
किसानहरूले अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट पनि मनग्गे आम्दानी गर्ने गरेका छन् । दिउँसोको टन्टलापुर घाममा पनि डल्ले खुर्सानी टिप्न तल्लीन देखिन्थिन्, दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुकी सविता श्रेष्ठ । ‘अहिले सिजन हो, गर्मी छ भनेर अल्छी ग-यो भने व्यवसाय कसरी चल्छ र ?’, जिज्ञासुहरूलाई यस्तै जवाफ दिने गर्छिन् उनी । उनको श्रीमान् होमबहादुर श्रेष्ठ वडा अध्यक्ष भएकोले घर व्यवहारमा कमै समय दिन सक्छन् । तर पनि सविताश्रेष्ठले पाँच वर्षदेखि डल्ले खुर्सानीको व्यवसाय राम्रैसँग धानेकी छन् । ‘झण्डै साढे दुई रोपनी जग्गामा डल्ले खुर्सानी लगाएको छु, वार्षिक ८०/९० हजार रूपैयाँसम्म कमाइ हुन्छ’, सविताले भनिन् । डल्ले खुर्सानीबाहेक सिजनअनुसार आलु, लसुन, प्याज, टमाटर, काँक्रा आदिको समेत खेती गर्ने सविताले तरकारी खेतीबाटमात्र वार्षिक दुई लाखसम्म कमाइ हुने बताइन् । डल्ले खुर्सानी र तरकारी खेतीको आम्दानीबाट घर व्यवहार चलाउन सहज भएको सविता बताउँछिन् ।

नमूना उत्कृष्ट प्रगतिशील कृषि समूह गठन गरी मालुका २१ जना किसनाहरूले अहिले डल्ले खुर्सानीसँगै आलु, लसुन, प्याज, टमाटरजस्ता तरकारीको खेती गर्दै आएका छन् । समूहलाई तरकारीको व्यावसायिक खेतीमा प्रोत्साहित गर्न मर्सिकोरमार्फत ग्रामीण उद्यम विकास केन्द्र (आरईडीसी) दोलखाले टनेल, पाइप, सीपमूलक तालिम र प्राविधिक सहयोग गर्दै आएको ग्रामीण उद्यम विकास केन्द दोलखाका कार्यकारी निर्देशक सुमन उप्रेतीले बताए । मालुको उक्त क्षेत्रमा खेतीको लागि पानीको समस्या भएपछि तामाकोसी गाँउपालिका र मर्सिकोरको आर्थिक सहयोगमा ग्रामीण उद्यम विकास केन्द्रले १६ हजार लिटरको ट्यांकी समेत निर्माण गरिदिएको कार्यकारी निर्देशक उप्रेतीले बताए । विगतमा पानीको समस्याको कारण तरकारी खेतीमा केही समस्या थियो, अहिले ग्रामीण उद्यम विकास केन्द्र (आरईडीसी)ले ट्यांकी निर्माणसँगै सीपमूलक तालिम, प्राविधिक सहयोग र टनेल तथा पाइप वितरण गरेपछि निकै सहयोग मिलेको उद्यमी सविता श्रेष्ठले बताइन् ।

मालुको २१ जना किसानले अहिले करिब ३५ रोपनी जमिनमा डल्ले खुर्सानी र अन्य तरकारी खेती गर्दै आएका छन् । तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल मालुका किसानहरूले समूह बनाएर उत्साहका साथ डल्ले खुर्सानीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेकोले गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउँछन् । ‘अहिले गाउँपालिकाले पानीको समस्या समाधानको लागि पानी ट्यांकी बनाउन केही सहयोग गरेको छ’, अध्यक्ष पोखरेलले भने, ‘किसानको मागअनुसार गाउँपालिकाले सक्ने अन्य सहयोग पनि गर्छ ।’ अहिले तरकारीको लागि बजारको समस्या नभएकोले व्यावसायिक किसानहरूको लागि राम्रो अवसर भएको अध्यक्ष पोखरेल बताउँछन् । डल्ले खुर्सानी र तरकारी खेतीमा मालुका किसानहरूको सक्रियता हेरेर मर्सिकोरको आर्थिक सहयोगमा ग्रामीण उद्यम विकास केन्द्र दोलखाले प्राविधिक सहयोग तथा सीपमूलक तालिम दिएको र त्यसले व्यावसायिक तरकारी खेतीमा सहयोग पुगेको ग्रामीण उद्यम विकास केन्द्र (आरईडीसी) तामाकोसी गाउँपालिकाका कार्यक्रम संयोजक दुर्गामान विकले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com