पानी नपरेपछि रोपाइँ हुने खेत बाँझै

आशिषबहादुर सिंह
बझाङ, असार २३
जिल्लामा धान रोप्नका लागि पर्याप्त वर्षा नभएपछि किसानहरू मर्कामा परेका छन् । आकाशे पानीको भरमा रोपाइँ गर्ने बझाङ्गको अधिकांश गाउँपालिकाका किसानलाई यो वर्ष पानी नपर्दा धान रोप्न समस्या भएको हो । असार बित्नै लाग्दा समेत राम्रोसँग पानी नपरेपछि खेत बाँझै राख्नुपरेको किसान बताउँछन् । बाह्रैमास पानी लाग्ने कुला र खोलाहरूमा पानीको सतह घट्दै गएपछि किसान झनै चिन्तित बनेका छन् । पानी नपरेपछि किसानहरूले धान रोप्नको लागि राखेको बेर्ना समेत सुक्न थालेको छ । आकासे पानीमा निर्भर पर्ने किसानहरूको समस्या त छँदै थियो । बाह्रैमास कुलो चल्ने किसानहरूले पनि खेतमा धान रोप्न पाएका छैनन् । खोलाहरूमा जथाभावी ढुङ्गा, बालुवा उत्खनन् गर्दा खोलामुनि र कुलोमाथि भएपछि किसानलाई खेतसम्म पानी पुर्याउन समस्या भएको छ ।

खुला मुहान सुक्दै जानु र समयमा वर्षा नभएपछि बझाङ जिल्लाका अधिकांश खेत बाँझै छन् । खेतमा राखेको बीउ पानी नपाएर सुक्न थालेपछि किसान झनै चिन्तित भएका हुन गएको वर्ष त यो समयमा पूरै खेतमा धान रोपिएको हुन्थ्यो । तर, यो वर्ष असार दोस्रो साता बितिसक्दा पनि खेतमा धान रोप्न सकिएका छैन केदारस्यू गाउँपालिका १ का किसानी रिमा मल्लले भनिन्  । खेतमा कुलो लाग्दैन, खोलामा समेत पानी छैन आकाशे पानीको भर परेपछि खेत बाँझै छ । खेतमा धानको बीउ राखेको महिना दिन बढी भइसक्यो, धान रोप्नको लागि पानी छैन भने, ‘आकाशे पानीको भरमा रोपाइँ गर्थ्यौं, यसपालि पानी परेन खेत बाँझै रहेको दुखेसो जयपृथ्वी नगरपालिका वडा तीनका भरत खड्काले बताए । समुद्री सतहबाट केही उच्च भेगमा रोपाइँ भएकोले सिंचाइको लागि अन्य कुनै विकल्प नभएको उनले बताए । आकासबाट पनि पानी परेको छैन । खोलामा पानीको सतह घट्दै गएको छ, यो वर्ष त भोकमरी पर्छ कि भन्ने चिन्ता लागेको किसान बताउछन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com