नेपालमा धान–चामलको चक्रिय राजनीति

डा. सुमनकुमार रेग्मी
विषय अवस्था :- आ.ब. २०७५–७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढने अनुमान रहेको थियो । २०७५–७६ मा मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन यतिले बढने अनुमान गरिएको छ । पछिल्ला बर्षमा कूल खेतियोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको छ । २०७५–७६ मा कूल ५६ लाख १० हजार मे टन धान उत्पादन धएको छ । २०७४–७५ मा ५१ लाख ५१ हजार मे.टन चामल उत्पादन भएको थियो । २०७४–७५ भन्दा नौ प्रतिशतले धान उत्पादन बढेको छ । २०७४–७५ मा धानको उत्पादकत्व ३.५ प्रतिशत रहेकोमा २०७५–७६ मा उत्पादकत्व ३.६९ प्रतिशतले रहको छ ।

आधिकारीक स्रोत अनुसार नेपालमा आ.ब. २०७४–७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाई भएको थियो । सो धान खेति रापाई भएकोमा ५१ लाख ५१ हजार ९२५ मे.टन धान उत्पादन भएको थियो । आ.ब. २०७३–७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धान रोपाई भएकोमा ५२ लाख ३० हजार ३२७ मे.टन उत्पादन टन उत्पादन भएको थियो । आ.ब. २०७२–७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमीनमा धान खेति भएकोमा सो बर्ष ४२ लाख ९९ हजार ७८ मे.टन धान उत्पादन भएको थियो । कूल खेतियोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धान खेति गर्ने गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिंचाईमा निर्भर रही आएको छ ।

आ.ब. २०७५–७६ मा धानको उत्पादन बढयो । आ.ब. २०६२–६३ देखि २०७२–७३ सम्मको ११ बर्ष दुई बर्ष मात्रै ५० लाख टन धान उत्पादन भएको थियो । तीन बर्ष यता धानको उत्पादन बढेको छ । २०७५–७६ मा २०७४–७५ भन्दा ४ लाख १२ हजार मे टन बढी उत्पादन भएको थियो । यो उत्पादन देशको मागभन्दा अझै झण्डै १० लाख मे टन कम हो । धान खेत क्षेत्रफ कम हुँदै गएको भनिन्न छ  । २०७५–७६मा बेलैमा बर्षा भएको तथा मलको वितरण पनि आवश्यक्ताअनुसार समयमानै हुन सकेकाले उत्पादन बढेको आधिकारिक भनाई छ ।

२०७४–७५ मा झण्डै २० –२४ अरब रुपैयाँको चामल आयात भएको थियो । २०७५–७६ को चार महिनामा नै १२ अर्ब रुपैयाँको बढीको चामल आयात भएको थियो । करिब ४ लाख मे.टन बढी उत्पादनले आयात घट्ने देखिदैन् । धान खेतको संरक्षण तथा आधुनिक र दिगो खेति प्रणालीले मात्रै माग धान्ने गरी उत्पादन बढाउन सकिन्छ ।

धानको उत्पादन बढनुमा धान बालीमा विभिन्न समयमा पर्याप्त बर्षा हुनु, रसायन मलको आपूर्ति बढनु , प्राकृतिक प्रकोप नहुनु, रोपाई क्षेत्रफ बढी हुनु , बर्णशंकर जातका धानको क्षृत्रफल बढनु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत रुपमा कार्यक्रम संचालन हुनु हुनु हो भनिन्छ । बार्षिक ७ लाख मे.टन रासायनिक मल चाहिन्छ । मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकको छैन् । सरकारले आ.ब २०७५–७६ मा मल खरिद गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । प्लटिंले धान खेत मासिदै गएको छ ।

नेपालको कूल आवश्यकता ८० लाख मे.टनको ६० प्रतिशत धान पनि आपूर्ति व्यवस्थापन नभएको कारण बैध वा अबैध तरिकाले छिमेकी देश भारतबाट चामलको आयात गरी आपूर्ति व्यवस्थापन भइरहेको तथ्यता आइरहेको र नेपालमा उत्पादन भएको धानको उचित मूल्य नपाउँदा व्यापारीहरुमार्फत भारतमा अबैध रुपमा निकासी हुने गरेको भनि आएको देखिन्छ ।

बार्षिक ७ लाख मे.टन रासायनिक मल चाहिन्छ । मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकको छैन्  । सरकारले आ.ब २०७५–७६ मा मल खरिद गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । प्लटिङंले धान खेत मासिदै गएको छ । कुनै बर्ष जिल्लाजिल्लामा पर्याप्त बर्ष नहुँदा किसानले खेत बाँझै राख्नु पर्ने अवस्था आएको देखिन्छ ।

आ.ब. २०७१–७२ मा करिब रु. २५ अर्बको चामल आयात भएको देखिन्छ । तर धानको उत्पादनले कूल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्रमा धान उत्पादनमा आधारित भनि भन्ने गरिन्छ । सन् १९८० का दशकसम्म नेपालले चामल निर्यात गर्ने गरेको भए ता पनि हालका बर्षमा पनि अबौं रुपौयाँका चामल आयात हुँदै आएको छ ।

विश्वमा एकसय भन्दा बढी देशहरुले १५ करोड ८० लाख हेक्टरभन्दा बढी जग्गामा धानको खेति गरि करिब ७० करोड टन धान उत्पादन गर्दछन् । त्यसपश्चात उक्त धानबाट विश्वमा करिब ४७ करोड टन चामल उत्पादन हुने गर्दछ । नेपालको उतरी र दक्षिणी देश चीन र भारत विश्वकै सबभन्दा बढी धान उत्पादन गर्ने देश हो ।

आ.ब. २०७२–७३ मा नेपालमा १३ लाख ६२ हजार ९ सय ८ हेक्टरमा धान खेति भई ४२ लाख ९९ हजार ७८ मे.टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार १ सय ५४ किलो ग्राम प्रतिहेकटर रहेको थियो  ।आ.ब. २०७२–७३ मा विश्वभरको चामल उत्पादन ४ सय ८१ मिलियन टन रहेको छ । विश्वमा चामल उत्पादनमा चीन, भारत, इण्डोनेसीया , बंगलादेश, भियतनाम , म्यानमार र थाइल्याण्ड मुख्य छन् ।

नेपालमा धान उत्पादन सन् २०६८–६९ देखि २०७२–७३ सम्म क्रमशः करिब ५० लाख, ४५ लाख, ५० लाख, ४७ लाख र ४२ लाख भएको देखिन्छ । त्यस्तै गरी नेपालमा धान खेति भएको जग्गा सन् २०६८–६९ देखि २०७२–७३ सम्म क्रमश करिब १५ लाख, १४ लाख, १४ लाख, १४ लाख र १३ लाख हेक्टर रहेको देखिन्छ । मौसमी अनुकूलताले आ.ब. २०६७–६८ मा नेपालमा ४४ लाख मे.टन धान फलेको थियो । तर २०६६–६७ मा ४० लाख मे.टनमात्र उत्पादन भएको थियो ।

हर बर्षमा नेपालको चामलको माग करिब ३२ लाख मेट्रीक टन जति रहेको छ भने आन्तरीक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मे.टन चामल अपुग हुँदै आएको भनिन्छ । यस्तो अपुगका लागि बर्षनी रु. २५ अर्ब बढी विदेशीने गरेको छ । हाम्रा माग अनुसार रु. ६ अर्ब बढी बराबरका चामल उत्पादनमा पर्याप्तको अवस्थामा पुग्न हामी आफै सक्षम छौं तर चाहेको जस्तु हुन आटिरहेको छै्रना् । कर्णालीमा २०७३–७४ मा ४० बर्ष यता कै बढी खडेरी परेकाले खाद्यान्न उत्पादन न्युन रहेको थियो ।

नेपालमा करिब ४१ लाख हेक्टर कृषि योग्य क्षेत्र रहेको छ भनिन्छ । तर अधिकांश करिब ५५ प्रतिशत कृषि क्षेत्र जमीन बाँझो छ पनि भनिएको छ । बाँझो जमीनमा गुणस्तरीय आयात गर्ने गरेको जस्तो चामल उत्पादन गर्न सके चामलको आयात प्रतिस्थापन हुने थियो । धान खेतिका लागि अनुदान, सहुलियत ऋण, बीमा, यान्त्रीकरण आवश्यक छ । सरकारले बर्षनी बजेट बढाउँदै ल्याएको भए पनि किसानअनुरुप छैन् भन्ने गरिएको छ  । अघिल्लो बर्ष ल्याएको कायक्रम पछिल्ला बर्षमा नियमित गरिदैन् । सरकारी बजेटमा वास्तविक किसानले नभई कृषि माफियाहरुको मात्र पहुँच भएको बताईदै आएको देखिन्छ । सरकारले कुनै बर्ष दिईने भनिएको ऋणसमेत सहज रुपमा उपलब्ध गराउन नसकेकाले किसानहरुले साहुमहाजनसंग महँगोमा ऋण लिने गरेको देखिन्छ ।

पूर्वाधार अवस्था :- धान खेतिको पनि अरु खेति जस्तै बीउ प्राथमिक पक्ष हो । भूमी, कृषि औंजार, श्रमिक, किसान र खेति मजदुरसंगको सम्बन्ध,भूमि माथिको अधिकार, भूमि व्यवस्थापन, भूपरिक्षण, खेति क्षेत्र निर्धारणजस्ता बहुआयामिक पक्ष पनि त्यतिकै महत्वपूर्ण रहि आएको छ । कुनै बर्ष कुनै जिल्लामा धान खेतिमा गवारो र फौजी किरा वा अरु बालीसम्बन्धी रोग लाग्ने गरेको देखिन्छ । किरा वा रोग लागेको बेला समयमा प्राबिधिज्ञ नपुग्ने तथा रोग वा किरा लागेको ठाउँमा विषादी छर्दा पनि नियन्त्रणमा नआउने गरेको स्थानियले भन्दै आएको छन् ।

कुनै बर्ष लामो समयदेखि पानी नपर्दा रोपेको धान खेतमा धाँजा फट्टेको अवस्था आएको छ । नेपालमा धान खेति विल्कुलै आकाशे पानीमा रहि आएको छ । कुनै बर्ष रासायनिक मल र सिचाईको अभावमा जिल्लाहरुका अधिकांश क्षेत्रमा लगाईएको धान बाली पहेंलो हुने गरेको देखिन्छ । सरकारी निकायले समयमा नै मूल्य निर्धारण गर्ने प्रक्रिया नियमित र कार्यान्वयन नहुँदा धान खेति हुने क्षेत्रका किसानले सस्तो मूल्यमा धान हर बर्ष बेच्दै आउनु परेको देखिन्छ । कुनै जिल्लामा त धान उत्पादन अघिल्लो बर्षको तुलनामा १० प्रतिशतले बढने गरेको छ ।

नेपालमा धानको आपूर्ति व्यवस्थापन गरेर चामल आयात कम गर्न सकिन्छ  । देशमा धानको उत्पादन घटेको कारणले चामल मिलहरु बन्द हुँदा बिचौलियालाई मात्र फाइदा हुँदा मिल संचालकहरु र किसान मर्कामा पर्दै आएको देखिन्छन् । यस्ता र अरु यस्तै कारणले नेपालका करिब पाँच हजार चामल कारखानाका इकाईहरु संकटमा परि बन्दै हुँदै आएको छन् । ठूलो परिमाणमा विदेशी मुद्रा विनीमय गरि विदेशबाट चामल आयात गर्ने प्रबृतिको अन्त गर्न, नेपाललाई नै नपुगेको धान अबैध रुपमा विदेश निर्यात भइरहेको अवस्थालाई अन्त गर्न, स्वदेशी धान चामल मिलहरु र त्यहाँबाट उत्पादन हुने भुसलाई उपयोग गरी ब्वाइलर मेशीन चलाउने उद्योगका इकाईहरु विस्थापन हुने क्रमलाई रोक्न र ती मिलहरुमा आश्रित मजदुरहरुको रोजगारीलाई व्यवस्थित गर्न तथा बैदेशीक व्यापार घाटा न्यून गर्नका लागि सम्बन्धीत पक्षले सरकारको ध्यान आकर्षण गर्दै आएको छ ।

स्वदेशी धानको अबैध निर्यात हर बर्ष रोकी विदेशबाट चामलको सट्ठा धान नै आयात गरी सहुलियत र सुलभ रुपमा चामल आपूर्ति व्यवस्थापन गर्न र स्वदेशी चामल मिलहरु सञ्चालनमा समेत सहयोग पुग्ने आधारहरु तयार गर्ने व्यवस्था गर्नको लागि सरकारसंग माग गरिदै आएको छ । बेलाबेलामा भारतमा चामलको मूल्य बढेको बहानामा नेपाली बजारमा प्रतिक्विनटल केहि सय रुपैयाँसम्म मूल्य बृद्धि भएको भन्दै वा बहाना बनाउँदै मूल्य बृद्धिदर सोहि बर्ष झनै बढने संभावना रहदै आएको देखिन्छ ।

धानको उत्पादन बढनुमा धान बालीमा विभिन्न समयमा पर्याप्त बर्षा हुनु, रसायन मलको आपूर्ति बढनु, प्राकृतिक प्रकोप नहुनु, रोपाई क्षेत्रफ बढी हुनु, बर्णशंकर जातका धानको क्षृत्रफल बढनु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत रुपमा कार्यक्रम संचालन हुनु हुनु हो भनिन्छ । नेपालमा धान खेति भएका मुख्य तराई तथा पहाडी जिल्लाहरुमा जिल्लाहरुमा स्याङजा, मकवानपुर, रपन्देही, पर्सा, चितवन, कपिलवस्तु, झापा, मोरङ, सप्तरी, सिरहा, सुनसरी, बाँके, ताप्लेजुङ, सोलुखुम्बु, सखुवासभा, पाँचथर, इलाम, भोजपुर, धनकुटा, कैलाली, कञ्चनपुर, लगायत अरु जिल्लाहरु पर्दछन्।

कुनै बर्ष समयमा बर्षा हुने र कुनै बर्ष समयमा बर्षा हुने गरेको देखिन्छ । कृषकहरु समयमा बर्ष भएको बर्ष राम्रो हुने आशामा धमाधम रोपाईँ गरिरहेका हुन्छन् । कुनै बर्ष बेलैमा पानी पर्न गएमा त्यस बर्ष रोपाईको चटारो पर्ने गरेको हुन्छ । रासायनिक मल, कुनै बर्ष आपूर्तिमा कमी आएका कारण रासायनिक मल उपलब्ध गराउन कृषि सामाग्री कम्पनी लिमीटेडमा रोपाईँका बेला आवश्यक डिपीए मल अभाव हुँदै आएको देखिन्छ । बताईन्छ की साल्ट ट्रेडीङसंग मल भए पनि सोझै किसानलाई बिक्री गर्ने अनुमति छैन् । सहकारीमार्फत मल बिक्री गर्दा कृषकहरुले बढी मूल्य तिर्नुपर्ने भएको बताउँदछन् । बताईन्छ की कतिपय सहकारीले कालोबजारसमेत गरिरहेको हुन्छन् ।

धान राम्रै फल्ने जिल्लामा खेत जोताई, बीउँ, मल । मजदुरगरेर धान खेति गर्न प्रति कठा २ हजार २ सय लगानी गरेपछि धेरैमा २५ सयसम्मको २ देखि अढाई मन धान फल्ने गरेको छ । जनसंख्याको बढदो चापका कारण नेपालले सन् २०३० सम्ममा धानको उत्पादन १६ प्रतिशतसम्म बृद्धि गर्न भएकाले पछिल्लो समय बृद्धि भएको जनसंख्याका दर अनुसार चामलको माग ६ सय पचास मे.टन हुने भन्दै उक्त अवधिसम्म नेपालमा हालका बर्षमा भइरहेको धान उत्पादनलाई १६ प्रतिशत बढाउनु पर्ने सरकारी आकंडा रहेको छ ।

नेपालमा प्रति हेक्टर ३७५ प्रतिशतका दरले धानको उत्पादन हुँदै आएको छ । नेपालको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानको उत्पादनले अर्थत्न्त्रलाई नै प्रभाव पार्न देखिएको बेला धानको उत्पादनलाई ४० प्रतिशतसम्म पुगाउन सके नेपालले चामल निर्यात पुनः गर्न सक्ने समेत भनिएको छ । कूल गार्हस्थ उत्पादनमा ७ प्रतिशत,कृषिमा २० प्रतिशत र कूल खाद्यान्नमा ५५ प्रतिशत धानबालीको योगदान रहेको छ । हर बर्ष ११ प्रतिशतले धान उत्पादन बद्धिृ हुँदा नेपालको गार्हस्थ उत्पादन १ प्रतिशतले बढने गरेको देखिन्छ ।

निष्कर्श :- सरकारले हर बर्ष कार्यक्रममा नै धानको समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको थियो । स्मरण गराईन्छ की २०७० देखि धानको समर्थन मूल्य तोक्ने तयारी भए पनि सो गरिएको थिएन् । सरकारले धानको समर्थन मूल्य निर्धारण गर्न नसकेपछि नेपालका सीमाक्षेत्रमा भएका धान सीमापारी भारतीय व्यापारीहरुले खरिद गरी सहजै लग्ने गर्दै आएको छ ।

हर बर्ष देशभरका १५ लाख हेक्टर जमीनमा करिब ५० लाख टन धान उत्पादन हुँदै आएको छ । खडेरी तथा प्राकृतिक प्रकोप , मल– बिउको अभाव, सिंचाईमा समस्यालगायत कारणले उत्पादनमा घटीबढी हुने गरेको छ । तै पनि समयको गतिअनुसार विभिन्न जिल्लामा कृषि परियोजना लागु हुँदै आएपछि कृषिमा आधुनिकिकरण र यान्त्रीकरण हुँदै आएकोले कृषि उत्पादन बढदै आउन पर्ने थियो । सिंचाईको भरपर्दो व्यवस्था र पर्याप्त बर्ष नहुँदा हरेक बर्ष खेति हुने जिल्लामा अधिकांश स्थानको धान रोपाई प्रभावित हुँदै आएको छ ।

जिल्लामा सिंचाई सुबिधा पुगेको ४० हजार र बर्षाको भरमा रोपाई हुँदै आएको ३० हजार गरी कूल ७० हजार हेक्टर खेतियोग्य जमीन छ । एक जिल्लामा खेत जोत्ने उपकरणको माग र आकर्षण बढदै गएको र हरेक बर्ष एक जिल्लामा अन्दाजी एकसय भन्दा बढी जोत्ने उपकरण बिक्री हुने गरेको देखिन्छ । नेपालको औद्योगिक क्षेत्रको बृद्धि दर चार प्रतिशत भन्दा कम जति भएको अवस्थामा सरकारलाई समग्र आर्थिक बृद्धि दर हासिल गर्न मौसमको भर पर्दै आएको विगतले देखाउँछ । हालका बर्ष कृषि क्षेत्रकाृ जीडीपीमा योगदान २५ प्रतिशत रहको छ  । जब की यो केही दशक अगाडी ७० प्रतिशत जति थियो । केही दशक अगाडी विश्वका केही देशमा धान नेपालले निकासी गरेको थियो  । तर मेरो बाँजेको हातमा घिउ छ सुङ सुङ जस्तो भएको छ ।

धानको उत्पादन बढनुमा धान बालीमा विभिन्न समयमा पर्याप्त बर्षा हुनु, रसायन मलको आपूर्ति बढनु, प्राकृतिक प्रकोप नहुनु, रोपाई क्षेत्रफ बढी हुनु, बर्णशंकर जातका धानको क्षृत्रफल बढनु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत रुपमा कार्यक्रम संचालन हुनु हुनु हो भनिन्छ  ।नेपालको कृषि क्षेत्रको दिर्घकालिन विकासको दुई ठूला योजनाहरु दिर्घकालिन कृषि योजना सन् १९९५ –२०१५ र २०१५–२०३५ को कृषि विकास रणनीति ले धान खेतिलाई महत्व नदिनु भनेको विगत र पछिका ४० बर्षको लागि धानको विकास नगर्नु नै हो । नेपालको कृषि क्षेत्रको विकासका लागि बनेको राष्ट्रिय कृषि नीति २०६१ ले नै धानखेतिलाई विशेष महत्व दिईएको थिएन् । हरेक आर्थिक बर्षको बजेटमा सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेपनि व्यवहारमा नीतिगत स्पष्टता कायम गर्न नसक्दा कृषकका समस्या घटेको अवस्था देखिदैन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com