महिन्द्रा–मनसुन सर्भिस क्याम्प सम्पन्न

काठमाडौं, असार २३
नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्स प्रालिले आयोजना गरेको तीन दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प सम्पन्न गरेको छ । यो मनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्कशपहरुमा यही महिनाको १८ गतेबाट प्रारम्भ भई तीन दिन सञ्चालन गरिएको थियो । यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो । यसले गाडी उपभोक्ताहरुलाई पूर्णरुपमा सुनिश्चितता प्रदान गरेको छ । क्याम्पमा सम्पूर्ण गाडीहरुको जाँच विशेषज्ञद्वारा गराइएको थियो । यस अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणको तथा लुब्रिकेन्ट, स्पेयर पार्ट तथा लेबर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरु रहेका थिए । क्यूनाटो, छ्यालो, था लोगनजस्ता गाडीहरुमा विशेष डिस्काउन्ट अफर पनि यस अवधिभर प्रदान गरिएको थियो । आयोजकहरूले मनसुनको मौसम लक्षित गरी आयोजना गरेको यस कार्यक्रमको ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका थिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com