सोलुदूधकुण्ड नगरपालिकाद्वारा ५० करोड ६१ लाखको बजेट प्रस्तुत

सोलुखुम्बु, असार २४
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले आमागी आर्थिक बर्षका लागी ५० करोडभन्दा बढिको बजेट ल्याएको छ । आइतबार बसेको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/०७७ का लागि ५० करोड ६१ लाख ७९ हजार रुपैयाँको बजेट ल्याएको हो । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी सशर्त कार्यक्रममा २१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सबै भन्दा कम मानव संशाधन विकासमा नौ लाख ८४ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी मोटरेबल पुल निर्माणका लागि चार करोड ४२ लाख बजेटको व्यवस्थापन गरिएको छ । त्यस्तै सडकतर्फ तीन करोड ८६ लाख ५० हजार, ऊर्जा तथा जलविद्युत्तर्फ एक करोड तीन लाख, पर्यटन तथा धर्मसंस्कृतितर्फ एक करोड ८५ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।

नगरपालिकाले खेलकुदतर्फ ३८ लाख, खानेपानीतर्फ ६३ लाख, शिक्षातर्फ एक करोड २४ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । त्यसैगरीे स्वास्थ्यतर्फ ५२ लाख, कृषि, पशुपालन तथा सिँचाइमा एक करोड २९ लाख २९ हजार तीन सय रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । वडातर्फ चार करोड ९५ लाख रकम छुट्याएको नगरपालिकाले प्रशासनिक खर्चतर्फ सात करोड ४२ लाख ३६ हजार २ सय बजेट विनियोजन गरेको नगर प्रवक्ता शारदा माया तामाङले जानकारी दिइन् । त्यसैगरी सुशासन तथा संस्थागत विकासका लागि ६३ लाख र फोहोरमैला व्यवस्थापनतर्फ ५३ लाख बजेट विनियोजन गरिएको छ । लक्षित वर्गको कार्यक्रमका लागि एक करोड ८ लाख ९२ हजार रकम विनियोजन गरिएको प्रवक्ता तामाङले बताइन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com