महासंघ र कोरियाली महिला उद्यमी संघबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, असार २४
महिला उद्यमशीलताको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र कोरियाली महिला उद्यमी संघबीच हालै कोरियाको राजधानी सिओलमा एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र कोरियाली महिला उद्यमी संघको इन्चोन शाखाका सभापतिले हस्ताक्षर गरेका छन् । महिला उद्यमीहरूद्वारा सञ्चालित व्यापार व्यवसायमा सहयोग एवं सहकार्य गर्ने, आपसी सम्पर्क विस्तारका माध्यमबाट सहकार्यका क्षेत्रहरू पहिचान गरी सहयोग बढाउने, सूचना तथा व्यावसायिक भ्रमणको आदानप्रदान गर्ने, महिला उद्यमीहरूद्वारा सञ्चालित उद्योग व्यवसायको क्षमता अभिवृद्धिका लागि सम्भाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने कुरा सहमतिपत्रमा उल्लेख गरिएको छ ।

नेपाल र कोरिया बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघको महिला उद्यमी समितिका सभापति श्रेष्ठको नेतृत्वमा कोरियाको भ्रमणमा गएको महासंघको प्रतिनिधिमण्डलले भ्रमणका दौरानमा कोरियाको साना तथा मझौला उद्यमीहरूको संस्थासंग आवद्ध उद्यमी व्यवसायीहरू, गैह्र आवासीय नेपालीहरू, नेपाली राजदूतावासका पदाधिकारीहरूसमक्ष भेटवार्ता गरी दुई देशबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा गहन छलफल गरेको थियो । भेटवार्ता फलदायी हुनुको साथै भ्रमणका दौरानमा भएका भेटवार्ता तथा छलफल कार्यक्रममा कोरियाका उद्यमी व्यवसायीहरूले नेपालको आर्थिक विकासमा सहयोग, सहकार्य गर्न र महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सघाउने इच्छा प्रकट गरेका थिए । प्रतिनिधिमण्डलले भ्रमणका दौरानमा कोरियाली उद्योग प्रतिष्ठानहरूको स्थलगत अवलोकन समेत गरेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com