सोलुखुम्बुको माप्य जोड्ने मुख्य सडक कालोपत्रे गरिने

महेन्द्र शाही
सोलुखुम्बु, असार २४
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको मुख्य सडक कालोपत्रे गरिने भएको छ । सोलुदूधकुण्ड नगरपालिकाबाट माप्य दूधकोशीतर्फ जाने सडकको सेर्गाखोपदेखि मूलखर्कडाँडा, सरिमा हुँदै जुभिङ–ओर्लाङघाटसम्मको खुम्बु जोड्ने सडक तीनवटा ब्लगसहित कालोपत्रेका लागि स्तरोन्नति गर्न थालिएको हो । त्यसका लागि सडकको चौडाइ बढाएर ८ मिटर बनाउने, नाली बनाउने र सम्याउने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । पहिलो ब्लगअन्तर्गत सेर्गाखोपदेखि मूलखर्कसम्मको सडकमध्ये करिब डेढ किलोमिटर सडकको चौडाइ बढाउने काम सकिएको पूर्वाधार विकास कार्यालय ओखलढुंगाका सबइन्जिनियर भरुमान राईले बताए ।

आरकेरडेन्दुक जेभीले १ करोड २५ लाख रुपैयाँमा सडक स्तरोन्नतिका लागि ठेक्का लिएको हो । बाह्रै महिना सडक सञ्चालन हुन थालेपछि सडकलाई स्तरोन्नति गर्दै लैजाने क्रममा कालोपत्रेको योजना बनाइएको गाउँपालिकाले जनाएको छ । ‘प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँ बजेट उक्त योजनाका लागि प्राप्त भएको अध्यक्ष राईले जानकारी दिए । ८ मिटर चौडाइ बनाइसकेपछि सडकको कालोपत्रे अघि बढाइनेछ । बजेटको समस्या नभएकाले अबको डेढ वर्ष्भित्र कालोपत्रे सक्ने लक्ष्य रहेको राईको दावि छ । कागते नजिकै दियालेदेखि बंगुर फार्मसम्मको बीच भागमा करिब ११ सय मिटर कालोपत्रेका लागि अर्काे कम्पनीले काम गरिरहेको छ ।

बीआर कन्स्ट्रक्सन सप्पायर्सका प्रोप्राइटर भक्त राईका अनुसार अहिले धमाधम ब्याक कटिङको काम भइरहेको छ । राईले आगामी ६ महिनाभित्र कालोपत्रेको काम सकिने बताए । सो सडकखण्ड जोखिमपूर्ण रहेकाले तत्कालै कालोपत्रे गरी सुविधा सम्पन्न बनाउने तयारीमा १ करोड ५० लाख बजेटसहित योजना चलिरहेको छ । ५० लाख रुपैयाँको अर्काे बजेटले सरिमाको टर्निङको स्तरोन्नति गर्ने काम भइरहेको छ । सल्लेरी–काँकु–बासा हुँदै जुभिङ जोड्ने उक्त सडकलाई कालोपत्रेका लागि संघीय सरकारबाट १० करोड विनियोजन भएको छ । करिब ४३ किलोमिटर दूरी रहेको यो सडकखण्ड कालोपत्रे भएपछि खुम्बु जाने पर्यटकका लागि ठूलो राहत मिल्नेछ । खुम्बु जाने पर्यटकबाट माप्यदूधकोशी गाउँपालिकाले समेत आर्थिक फाइदा लिनसक्ने भएकाले प्रमुख योजनामा राखिएको अध्यक्ष राईले बताए । आगामी दुई वर्ष्भित्र ४३ किलोमिटर पूरै सडक कालोपत्रे गरिसक्ने गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com