चालू आवको अन्तिम साता राष्ट्र बैंकले ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौं, असार २५
चालू आर्थिक वर्षको अन्तिम साता नेपाल राष्ट्र बैंकले ४३ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले यही असार २६ गते, असार २९ गते र असार ३० गते ४३ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि २० अर्ब रुपैैयाँबराबरको ट्रेजरी बिल र २३ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरिनेछ । सोमध्ये ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । विकास ऋणपत्रअन्तर्गत भने १२ अर्ब रुपैयाँबराबरको पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८१ ‘ग’ बिक्री हुुनेछ । निष्काशन मिति २०७६ असार २७ गते तोकिएको यो ऋणपत्रको परिपक्व हुुने अवधि वि.सं. २०८१ असार २६ गते रहनेछ । यसैगरी राष्ट्र बैंकले यही असार २९ गते ११ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र पनि बिक्री गर्नेछ । परिवक्व हुुने अवधि आठ वर्ष तोकिएको विकास ऋणपत्र २०८४ ‘ग’ तोकिएको ऋणपत्रको निष्काशन मिति यही असार ३० गते तोकिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com