बैंककै कारण ग्राहकको उठिबास

तत्कालीन गोर्खा विकास बैंकको मिलेमतोमा महर्जनको ठमेलस्थित २६ आना जग्गा बिक्री

काठमाडौं, असार २५
तत्कालीन गोर्खा विकास बैंक र केही भूमाफियाहरुको ‘सेटिङ’मा ललितपुर निवासी पञ्चलाल महर्जनको उठिबास लागेको छ । ललितपुरको पाटन घर भएका पञ्चलाल महर्जनको २६ आना जग्गा विभिन्न व्यक्तिको मिलेमतोमा तत्कालीनले गोर्खा विकास बैंकले बिक्री गरेपछि उनको उठिवास लागेको हो । राजधानीको काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलमा रहेको कित्ता नम्बर १०२४ मा रहेको एक रोपनी १० आना एक दाम जग्गा तत्कालीन गोर्खा विकास बैंक र भूमाफियाहरुको मिलेमतोमा बिक्री भएको पाइएको हो ।

महर्जनको स्वामित्वमा रहेको उक्त जग्गा तत्कालीन इन्भेष्टमेन्ट फाइनान्समा धितो राखिएको थियो । धितोबाट महर्जनले पाँच करोड रुपैयाँ मात्र ऋण लिएको बताउँदै आएका छन् । उक्त ऋणले थलिएको थाहापाएका माफियाहरुले तत्कालीन गोर्खा विकास बैंकबाट २०६७ असार ३२ गते तेस्रो पक्ष धितो राखी अब्दुल कवाडी ट्रेडिङ प्रालिका नाममा महर्जनको सहमतिविपरीत ११ करोड ८० लाख रुपैयाँ निकालिएको पीडित महर्जनले बताएका छन् । यसरी जग्गा बेचेको थाहा पाएपछि तत्कालीन गोरखा विकास बैंकका अध्यक्ष डीबी बम्जन बैंकिङ कसुरको अभियोगमा जेल समेत परेका थिए । त्यो समयमा तत्कालीन ऋण अधिकृत रहेका निर्मल गुरुङ र बम्जनको मिलेमतोमा महर्जनको जग्गा धितो राखेर १३ करोड रुपैयाँ निकालेको थियो । उनीहरुले उक्त ऋण रकम अब्दुल कवाडी ट्रेडिङको नाममा दुरुपयोग गरेको पीडित महर्जनले बताए ।

तत्कालीन ‘इन्भेस्टमेन्ट फाइनान्समा पाँच करोड रुपैयाँ तिर्न बाँकी थियो । गोरखा विकास बैंकले सोही धितो राखेर १३ करोड दिने भनेपछि २०६७ असार ३२ गते उनले पाँच करोडको चेक दिए । ‘इन्भेस्टमेन्ट फाइनान्समा पनि उनीहरुले आफ्नै खाता खोलेर ऋण चुक्ता गरेपछि धितो सारे । शुक्रबारको दिन ४ बजे मलाई बोलाएर लैजानुभयो र ७ बजेभित्र सबै कागजातको कामहरु सक्काइसक्नुभएको रहेछ’, महर्जनले भने, ‘उता लगिसकेपछि उहाँले १३ करोड मेरा नाममा नमिल्ने बताए । १३ करोड ऋण निकासा भएको छ, एउटा हाम्रै पार्टी छ । उसको नाममा लोन निकासा गरिएको हो ।’

यसरी पाँच करोडमा जग्गा फुत्काएर बाँकी आइतबार दिने भनियो । तर अनेक बहानाबाजी गरेर चार महिनासम्म पैसा दिइएन । चार महिनापछि बैंकमा तिर्नुपर्ने ब्याज ५० लाख रुपैयाँ पुगेछ । त्यसपछि उहाँले मलाई ब्याज तिर्नुस् भन्नुभयो र उल्टो मसँग ५० लाख माग्नुभयो । उनीहरुसँग मैले आठ करोड रुपैयाँ लिनुपर्ने थियो उल्टै मैले ब्याज तिर्ने ? उहाँलाई मैले यही भनेँ, मैले कहाँबाट ल्याएर दिने हो र ? उहाँकै कारणले मेरो तीन करोड फसिरहेको पनि थियो । मैले उहाँहरुबाट पैसा नआउने छाँटकाट बुझिसकेको थिएँ’, उनले भने ।

तत्कालीन गोरखा विकास बैंकको पदाधिकारीले उनको जग्गा अन्यायपूर्वक हत्याएको चाल पाएपछि महर्जनले ‘तपाईंहरुले मलाई पैसा दिनुहुन्न । बरु म पाँच करोड र ५० लाख ब्याज जुटाएर तपाईंलाई दिन्छु तर धितो अर्को ठाउँमा सार्छु’ भनेका थिए । उनको यस्तो भनाइपछि गोरखा बैंकका अधिकारी झस्किएका थिए । पीडित महर्जनका अनुसार उनको धितो राखेर तत्कालीन गोर्खा विकास बैंकले अन्य स्थानमा समेत कारोबार गरेको थियो ।

‘सोही धितोबाट अन्य कारोबार पनि भएको रहेछ । पछि गोरखा विकास बैंकको कर्मचारीबाट थाहा पाएँ । त्यो थाहा पाएपछि मैले अन्य कारोबारको पैसा पनि उहाँसँग माग गरेँ । त्यसको स्टेटमेन्ट मगाएँ । ६ घण्टा बसेर कुरा गरियो, विवाद भयो अन्तिममा स्टेटमेन्ट दिनुभयो,’ महर्जनले भने, ‘स्टेटमेन्ट हेर्दा जुन दिन उहाँले मलाई पाँच करोडको चेक दिनुभएको थियो सोही दिन उहाँले मेरो धितोबाट सात करोड ४१ लाख निकाल्नुुभएको रहेछ । धितो थर्ड पार्टी कोलाटेरल ग्यारेन्टी भएको कारण अब्दुल कवाडी ट्रेडिङ कम्पनीबाट पास गर्न मिल्थ्यो । सोही माध्यमबाट उहाँले पैसा निकाल्नुभएछ ।’

गोरखा विकास बैंकबाट ठगिएका महर्जनले न्यायका लागि यतिबेला अदालतको ढोका ढकढक्याएका छन् । ‘बल्लबल्ल ५० लाखको चेक दिनुभयो त्यो पनि हामीले पाएनौं । सल्लाह गरेर जाहेरी दर्ता गरायौं । मुद्दा सर्वोच्च अदालतमै छ । आठ वर्ष भइसक्यो अझै फैसला भएको छैन । नेपालमा मुद्दा हुनु भनेको क्यान्सर हुनुजस्तै रहेछ । तवाही मच्चिसक्यो अझै न्यायोचित फैसला भएको छैन’, महर्जनले भने, ‘मैले सावाँ र ब्याजतिर्न नसकेपछि गोरखा विकास बैकले मेरो धितो लिलाम ग-यो । पैसा नभएकै कारण उकास्न सकिनँ । मैले जग्गा बेच्न खोजेँ तर पाइनँ ।’

महर्जनको घर र जग्गा गोरखा बैंकले नै लिलामी गरेपछि उनी झन् समस्यामा परेका थिए । ‘मेरो घर र जग्गालाई १३ करोड ३८ लाखमा गोरखा विकास बैंकले लिलाम ग-यो । लिलाम गरिसकेपछि मलाई पैसा पनि दिइएन । गोरखा विकास बैंकले थर्ड पार्टी कोलाटरल धितो भएको हुँदा अतुल कभर ट्रेनिङ कम्पनीको जग्गा रोक्का राखेको र गोरखा विकास बैकसँग पैसा माग्दा ‘सुरज बहादुर दाहाल अतुल कभर ट्रेनिङ वालाउ सको प्रोपर्टी रोक्का गरेको छ, त्यहाँबाट आउँछ’ भन्यो  । त्यसमा ठगी मुद्दा चलिरहेको छ । त्यसको मुद्दाहरु सर्वोच्च अदालत र उच्च अदालतमा अझै पनि छन् । बैँकिङ कसुरमा पनि मुद्दा लगायो’, महर्जनले दुःख पोखे । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com