अल्लोको तान बुनाइ तालिमपछि आत्मनिर्भर बन्दै महिला

महेन्द्र शाही
सोलुखुम्बु, असार २५
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ मा अल्लोको तान बुनाइ तालिम सञ्चालन भएपछि स्थानीय महिलाहरू उद्यमि बन्दैछन् । अल्लो तान बुनाइ उपभोक्ता समिति महाकुलुङ ४ को आयोजनामा भएको तालिमले आत्मविश्वास बढेको भन्दै उनीहरूले व्यवसाय नै सञ्चालन गर्ने बताएका छन् ।महाकुलुङ गाउँपालिका वडा नम्बर २ बुङ निवासी जलजला कुलुङले अल्लो बुनाइसम्बन्धी तीन महिने तालिम लिएकी थिइन् । तालिमको अन्तिमतिर अल्लोको कपडा बन्ने तानमा भेटिएकी कुलुङ सिकेको सीपलाई व्यवहारमा उतार्नसके मनग्य आम्दानी गर्नसकिनेमा ढुक्क छिन् । यसैलाई व्यावसायिक बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।

डेढ मिटरको कपडा बुन्नको लागि २ दिन लाग्छ भने यसलाई ३ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ । स्थानीय श्रीमया कुलुङका अनुसार उद्योग सञ्चालन गर्नसकेको खण्डमा बजारको खासै समस्या छैन । घरमै आएर किनेर लाने गरेको उनको भनाइ छ । आम्दानी राम्रै हुने गरेको र बजारको समस्या नभएकाले तालिमपछि आम्दानी बढ्ने उनको विश्वास छ ।

उद्यम सञ्चालन गर्नको लागि आवश्यक पर्ने एउटा तान तयार गर्न करिब ३० हजारसम्म खर्च लाग्छ । तर सोही तानबाट महिनामा कम्तीमा ४० हजारसम्म आम्दानी गर्न सकिने सहायक प्रशिक्षक पञ्चकुमारी कुलुङको भनाइ छ । मिहिनेत गरेको खण्डमा मासिक १ लाखसम्म आम्दानी गर्न कुनै समस्या नहुने उनको भनाइ छ । स्वदेश तथा विदेशमा बजार राम्रो भएकाले उत्पादित सामग्री बिक्री गर्न कुनै समस्या नभएको कुलुङले जानकारी दिइन् ।

स्थानीयस्तरमा पाइने अल्लोको सिस्नोलाई प्रशोधन गरी कपडा बनाइन्छ । केही झन्झटिलो भए पनि सीप सिकेका महिलालाई ठूलै उद्यम सञ्चालन गर्ने मन छ, तर लगानी गर्ने क्षमता नहुँदा सहयोगको याचना गर्नुपर्ने अवस्था रहेको स्थानीय रमिला कुलुङको भनाइ छ । आफूहरुले एक्लै नसक्ने भएकाले सरकारले सहयोग गरेको खण्डमा आफूहरू उद्योगी बन्नका लागि लागिपर्ने उनको भनाइ छ । नेपालमा उत्पादन हुने अल्लोको कपडा नेपाली बजारमा मात्र नभई विदेशी बजारमा समेत राम्रै माग हुने गरेको यसका ज्ञाता बताउँछन् ।

विगत लामो समयदेखि यही पेसामा आबद्ध भएकी प्रशिक्षक महोन कुमारी कुलुङले बाह्य बजारमा अल्लो कपडाको माग अत्यधिक भएकाले उद्योग सञ्चालनको लागि ढुक्क भएर लगानी गर्न सुझाव दिइन् । आफूले उत्पादन गरेको सामग्री विदेशमा समेत माग बढिरहेकाले कुनै समस्या नहुने जानकारी दिइन् । कोशेलीकै रूपमा पनि धेरैले अल्लोको कपडा लिने भएकाले नेपालमा पनि यसको माग बढिरहेको व्यवसायीहरूको भनाइ छ ।

मागअनुसार उत्पादन गर्न सकेको खण्डमा राम्रै आम्दानी हुने उनीहरूको भनाइ छ । अल्लोबाट बन्ने कोट, झोला, टोपी, पर्सलगायतको सामग्रीले सामान्यदेखि उच्च ओहोदाका व्यक्तिको समेत इज्जत राख्ने काम गर्छ । यसले अधिकांशको इज्जत मात्र राख्दैन, आम्दानीमा पनि उत्तिकै सहयोग गर्छ, त्यसैले यस्ता उद्योग सञ्चालनको लागि स्थानीय नागरिक र सरकारले समेत उचित व्यवस्थापन र सहयोगका कार्यक्रम ल्याउनुपर्ने तालिममा सहभागी महिलाको भनाइ रहेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com