बगरेभञ्ज्याङमा पेन टावर निर्माण हुने

खेमराज अधिकारी
खोटाङ, असार २५
खोटाङको पर्यटकीय स्थल बगरेभञ्ज्याङमा पेन टावर निर्माण गरिने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, खार्मी र पाथेकाको सिमानास्थित बगरेभञ्ज्याङको पर्यटन प्रवर्द्धन गर्न ६० फिट उचाइको दूरविन जडित पेन टावरको निर्माणकार्य अगाडि बढाइएको हो । बगरेभञ्ज्याङलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्दविन्दुको रूपमा विकास गर्न पिकनिक स्पट बनाउने, कृत्रिम ताल निर्माण गर्ने, तालको दक्षिणतर्फको डाँडामा पेनटावर निर्माण गर्ने र पूर्वतर्फको डाँडामा पिकनिकका लागि टहरा, चुला र बस्ने ठाउँलगायतका संरचना निर्माण गर्ने गरी काम थालिएको छ ।

समुद्री सहतबाट करिब १८ सय मिटरको उचाइमा अवस्थित यस डाँडामा दृश्यावलोकनका लागि दूरविनजडित पेनटावर निर्माण गर्न टेन्डरसमेत खुलाइसकिएको छ । आगामी दुई वर्षभित्र पेन टावरलगायतका संरचनाको निर्माण कार्य सम्पन्न हुने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । यस्तै बगरेभञ्ज्याङको पर्यटन प्रवर्द्धनका लागि हाल बगरेभञ्ज्याङ नजिकैको देवीथान गैरामा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । नगरपालिकाको दुई करोड ५७ लाख बजेटमा हालै निर्माण कार्य थालिएको ताल दुई वर्षभित्र सम्पन्न हुने बताइएको छ । नगरपालिकाको क्रमगत योजनाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५४ लाख बजेट विनियोजन भएपछि ताल निर्माणको कामलाई अघि बढाइएको हो । गत फागुनदेखि निर्माणकार्य थालिएको ताल दुई सय मिटर लम्बाई, एक सय ५० मिटर चौडाइ र सात मिटर गहिराइको रहने बगरे देवीथान गैरा पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले बताए । 

 

डाँडाखर्क खिसापत्रे सामुदायिक वनक्षेत्रमा पर्ने निर्माणाधीन तालमा वर्षात्को पानी संकलन गर्दा पोखरीभित्र सात मिटर गरिराइसम्म पानी जम्मा गर्न सकिने जनाइएको छ । निर्माणाधीन तालमा डुङ्गा चलाउन मिल्ने गरी आवश्यक संरचना निर्माण गरिने नगरपालिकाले बताएको छ । पर्यटनको सम्भावना रहेको बगरेको प्रवर्द्धनका लागि नगरपालिकाले दीर्घकालीन योजनाका साथ काम थालेको नगरपालिकाको भनाइ रहेको छ । निर्माणाधीन तालले पर्यटन प्रवर्द्धनका साथसाथै नगरको आर्थिक उन्नतिमा समेत सघाउ पु-याउने अपेक्षा गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब नौ किलोमिटरको दूरीमा पर्नै बगरेभञ्ज्याङ आसपासमा पर्यटकलाई लक्षित गर्दै आवश्यक ट्रस्टहरूसमेत निर्माण गरिने अध्यक्ष भोगेन राईले बताए ।

यो ताल निर्माण भएपछि आसपासका पानीका मुहानहरूमा रिचार्जको कामसमेत गर्ने अपेक्षा गरिएको छ । निर्माणाधीन ताल पुग्नको लागि नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डबाट पदमार्ग समेत निर्माण गरिने जनाइएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको तथा सुन्दर प्राकृतिक छटाले भरिपूर्ण बगरेभञ्ज्याङबाट धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी, रूपाकोट डाँडा, सिलिचुङ, टेम्केलगायतको दृश्यावलोकन गर्न सकिन्छ । ठूलाठूला लेकाली फाँट र विभिन्न सुन्दर मौसमी फूलहरूले सुसज्जित हुने बजरेभञ्ज्याँङ आसपासको जंगलमा विभिन्न प्रकारका जडिबुटीसमेत पाइने गरेको छ । घना जंगल रहेका कारण यहाँ मृग, खरायो, घोरल, दुम्सी, कालिज, तित्रालगायतका विभिन्न जंगली पशुपक्षीहरूको समेत अबलोकन गर्न सकिन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com