पाठ्यपुस्तकमा मारवाडीलाई ‘माडे’ र ‘नकचरो’ लेखेर छापेकोमा मारवाडी समाजको विरोध

काठमाडौं, असार २५
विराटनगरका मारवाडी समाजका संस्थाहरूले विद्यार्थीले पढ्ने पाठ्यपुस्तकमा मारवाडी समुदायलाई होच्याएर ‘माडे’ र ‘नकचरो’ लेखेर छापेको भन्दै विरोध जनाएको छ । समाजले मंगलबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण मारवाडी समाजको जातीय अपमान गर्ने, होच्याउने, गाली बेइज्जती हुने ‘माडे’, ‘नकचरो मोरा’जस्ता निन्दनीय अपशब्दहरू र चारित्रिक लाञ्छना लगाइएको विषय स्कूलको पाठ्यपुस्तकमा समावेश भई पठनपाठन भइरहेको तुरुन्त सबै पुस्तक जफत गरी अविलम्ब आवश्यक कारबाही गर्न माग गरेको छ ।

समाजले प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । एसिया पब्लिक प्रालि वसुन्धरा, काठमाडौंले कक्षा ७ र ८ का लागि हालै प्रकाशित गरेको पुस्तक स्वास्थ्य शारीरिक शिक्षाको कक्षा ७ को पुस्तक पेज ६८ र कक्षा ८ को पुस्तक पेज ४९ को चित्रमा ‘माडे’, ‘नकचरो मोरा’को प्रयोग गरेको छ । चित्रमा उल्लिखित संवादमा मारवाडी समाजलाई होच्याउने अपमानित गर्ने गाली बेइज्जती हुने गरी अपशब्द प्रयोग भएको भन्दै समाजले आफूहरूको जातीय स्वाभिमानमा ठूलो धक्का पु-याएको जनाएको छ । ‘कुनै पनि पुस्तक प्रकाशन पूर्व नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरका सम्बन्धित विज्ञ समूहले पनि जाँच पास गरेको हुन्छ ।

यस्तो जातीय घृणा फैलाउने आशययुक्त चित्र र संवाद रहेको पुस्तकलाई किन र कसरी सम्बन्धित निकायले स्वीकृति दियो यो पनि एउटा गम्भीर चासोको विषय बनेको छ’, समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कुरा सम्बन्धित प्रकाशनको जानकारीमा आइसक्दा पनि हालसम्म उक्त पुस्तक विभिन्न क्षेत्रका स्कुलहरूमा पढाइ हुनु, फिर्ता नहुनु लज्जास्पद र हाम्रा लागि अत्यन्त दुःखद विषय बन्न गएको छ ।’ समाजले उक्त पुस्तक प्रकाशक, लेखक, पुस्तकलाई पठनपाठनमा समावेश गराउने जिम्मेवारी बोकेका निकायमाथि आवश्यक कारबाही गरी, उक्त पुस्तक अविलम्ब विद्यार्थीहरू, स्कूलहरू, पुस्तक पसलहरूलगायत सबै ठाउँबाट जफत गरी पाउन र भविष्यमा पुनः यस्तो गल्ती प्रकाशक लेखक तथा अन्य सम्बन्धित निकाय कसैबाट नहुने प्रतिबद्धता व्यक्त गरिएको पत्र समेत दिलाउन आग्रह गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com