आइएमई पे मोबाइल वालेट एपबाट विभिन्न अफरहरू पाइने

काठमाडौं, असार २५
आइएमई गु्रप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको कम्पनीले जनाएको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ । यसबाट आइएमई पे मोबाइल वालेट एप चलाउने ग्राहकहरुले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।

आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिनेछ । काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने छ ।

यसका साथै आइएमई पेबाट बिक्रेता अर्थात् मर्चेन्ट बनेका बिक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सकिने बताइएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नहाटा भन्छन्, ‘आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना नै हो ।’ यसलाई नै मध्यनजर गरी ‘डिल्स’ शीर्षक सुरु गरेको उनले बताए । सेवाग्राहीहरूले यसबाट आफ्नो वरिपरि के–कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउने उनको भनाइ छ ।

त्यस्तै आइएमई पेबाट भुक्तानी गर्दा बिक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उनले भने, ‘बिक्रेताहरूले आफूले चाहेजस्तो अफर सिर्जना गरी आइएमई पे एपमा आफ्नो विज्ञापन देखाउन सक्नुहुन्छ र हाम्रो मोबाइल एप प्रयोग गर्ने सेवाग्राहीहरूलाई आफ्नो व्यवसायतिर आकर्षित गर्न सक्नुहुन्छ ।’


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com