डेयरिङ राइडरका लागि पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला

काठमाडौं, असार २५
बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पूरा गरिसकेको छ । कम्पनीले सन् २०१४, २०१५ र २०१७ मा उक्त सिजन सञ्चालन गरेको थियो । पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महसुस गर्ने समय आएको कम्पनीले जनाएको छ । यस पटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाइ मापन गर्दै, अद्भुत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ ।

यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ । यसको रेजिष्ट्रेसन सबैका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ । बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् । रेजिष्ट्रेसनको अवधि आगामी साउन ७ गतेसम्म मात्र रहेको कम्पनीले जनाएको छ । पल्सर डेयर भेन्चरको वेभसाइटमा गएर पनि रेजिष्टर गर्न सकिने छ । विदेशी भूभागमा जानुको रोमाञ्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्न सक्नेछन् । हरेक बाइकरहरुको छक्क पार्ने, चुनौतीपूर्ण, भयानक साथै जोशीलो प्राकृतिक दृश्यको अनुभव गर्ने सपना हुन्छ त्यसैले यस अवसरलाई खेर नफाली छिटै रेजिष्ट्रेसन गरिहाल्न कम्पनीले ग्राहकहरुलाई आग्रह समेत गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com