चेम्बर र चिनियाँ व्यवसायीबीच भेटवार्ता

पोखरा, असार २५
पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय प्रतिनिधिमण्डलसँग दुई देशबीच व्यावसायिक आदानप्रदान र नागरिकस्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।

सो चिनियाँ प्रतिनिधिमण्डलसँग पोखरा चेम्बर्सका पदाधिकारीले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधिमण्डलले आफूहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष सुनारले बताए ।

व्यावसायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता बैठकमा नेपाल–चाइना सङ्घका महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बाँस्तोलालगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com