तेघरीको सडकमा गरिएको पिच गुणस्तरहीन

हिमेश वि.क.
अत्तरिया, असार २५
गोदावरी नगरपालिका वडा नं.२ मा पानीपिचको लागि आएको रकम बालुवामा पानी हाले जस्तै भएको छ । अतरियाको अपाङ्ग स्कुलदेखी लिएर तेघरीको काप्राको रुखसम्म करिब २ किमिका लागि आएको २७ लाख हाराहारीको रकम बालुवामा पानी खन्याए जस्तै भएको हो । करिब २ किमि सडकमा पानी पिचको ठेक्का पाएका स्थानीय धर्मसिंह कुँवरले गुणस्तरीय काम नगरेको स्थानीय युवाहरुको गुनासो रहेको छ । अत्तरियामा रहेको अपाङ्ग स्कुलदेखि आधा किमि पानी पिच गरिएको प्रष्ट देखिएको भए पनि डेढ किमि सडकमा पिच गरिए पनि गुणस्तरीय नभएको स्थानीय डिआर कुँवरले बताए ।

उनले भने, ‘धर्मसिंह कुँवर कालोपत्रे सडकको लागि आएको रकम कुम्ल्याउन खोजेको आरोप समेत लगाएका छन् ।’ पिच गरेको सडकमा बीचमा खाल्डा–खुल्डी, सडकका छेउछाउमा पुरानो माटोले पुरेको र सडकका बीच–बीचमा दूबो समेत उम्रेको उनले गुनासो पोखे । सम्झौताको पत्र समेत देखाएका छैनन् । धर्मसिंह कुँवर नेकपाका जिल्ला सदस्य तथा रिलायबल लाइफ इन्स्योरेन्सका अत्तरिया शाखा प्रबन्धक हुन् । उनले राजनीतिक आडको भरमा धेरै ठाउँमा ठेक्कापट्टाको काम समेत गर्ने गरेका छन् । यसका लागि प्रदेश सरकारको विभागीय मन्त्रालय अनुगमन गर्न जरुरी छ । उनले कम निकासका लागि पुराना समितिलाई भंग गरेर नयाँ समिति गठन गर्ने तयारीमा रहेको बताए ।

पुराना माइन्युटलाई च्यातेर नयाँ माइन्युट तयार समेत गरेका छन् । हालसम्म १२ लाखसम्म मात्रको काम भएको छ । यस्तो गैरकानुनी कार्यमा अगाडि बढ्न नदिने उनले बताए । ठेकेदार धर्मसिंह कुवँर राजनीतिक आडकै भरमा सोझा–साझा तेघरीका जनतालाई उल्लु बनाएर रकम कुम्लाउन खोजिरहेका छन् । गुणस्तरहीन काम गरेर असार मसान्तको अन्तिममा रकम निकासाका लागि तिकडमबाजी गर्न खोजेका छन् । उनले भौतिक पूर्वाधार विकास आयोजनाका प्राविधिक अनिल भट्ट र ज्योती श्रेष्ठले सम्पन्न नभएको बाटो पास गर्न खोजेको आरोप लगाएका छन् ।

स्थानीय बासिन्दाहरु र उपभोक्ता समितिलाई सम्पर्क नै नगरी गत मंगलबार बेलुका भट्ट र श्रेष्ठ स्थानीयको कुरा नै नसुनी बाटो नक्सांकन गरी लगेका छन् । स्थानीयबासीले प्राविधिकसँग कुरा गर्न खोज्दा प्राविधिकहरुले धर्मसिंह कुँवरको आदेशअनुसार काम गरी फर्केका छन् । तर, भौतिक पूर्वाधार विकास आयोजनाका प्राविधिक अनिल भट्टसँग कुरा गर्दा उनले ठेकेदार धर्मसिंह कुवँरको निर्देशनअनुसार गएको बताए । उनको भनाइअनुसार पानी पिच मापदण्डअनुसार नभएको र स्थानीयको सहमति नभए योजना नै रोकिने जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा सरकारले भौतिक पूर्वाधार र यातायात मन्त्रालय र मातहतका सडक, रेल लगायतका पूर्वाधार विकासका विभिन्न कार्यक्रमका लागि अबौँ रुपैयाँ विनियोजन गरेको छ । भौतिक पूर्वाधार यातायात मन्त्रालयमा र त्यसका मातहतका आयोजना कार्यक्रमका लागि विनियोजित कार्यान्वयनमा अलमल भएर र यसरी राजनीतिक आडमा आफ्ना कार्यकर्तालाई पालनपोषण गरेमा स्थानीयलगायत आमजनताले विरोध गर्नेछन् । यी साना–साना कुराले सरकार नै असफल हुन सक्ने संकेत देखाएको छ ।

आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालय अन्तर्गतका आयोजना÷कार्यक्रमका लागि पुँजीगत र चालू खर्चका लागि सरकारले १ खर्ब ५६ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ । भौतिक मन्त्रालय मातहतमा रहेर विगतमा ठेक्का लगेर काम भइरहेका विभिन्न सडकका लागि केन्द्रबाट ६ अर्ब ८८ करोड ९५ लाख ३१ हजार रुपैयाँ प्रदेशका लागि सर्शत अनुदान शीर्षकमा समेत केन्द्र सरकारले बजेट पठाएको छ । यो बाहेक प्रदेश र स्थानीय सरकारले पनि पूर्वाधार विकासकै लागि भनेर सडकको लागि अबौँ रुपैयाँ विनियोजन समेत गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com