‘अफ्रिकी स्वतन्त्र व्यापार सम्झौता सकारात्मक’

केपटाउन, असार २५
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता (आफ्टा) को घोषणा अफ्रिकी जनताका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । नाइजरको नियामेमा सम्पन्न अफ्रिकी युनियनको बैठकमा सहभागी भएर केपटाउन पुगेका राष्ट्रपति रामाफोसाले पछिल्लो सम्झौताले अफ्रिकी मुलुकहरुको अर्थतन्त्रलाई नयाँ स्वरुप र प्रगतिपथमा लैजाने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो व्यापार सम्झौता अफ्रिकाका लागि कोशेढुंगा हो र ६० वर्षअघि अफ्रिकी युनियनको स्थापना गर्दा त्यसका संस्थापकहरुको साझा सोचको परिणामस्वरुप यो उपलब्धि भएको हो ।’ राष्ट्रपति रामाफोसाले अफ्रिकाका पूर्वनेताहरुले अफ्रिकालाई एकताबद्ध गराउन यो अवधारणा ल्याएको पनि बताए । नाइजरमा भएको अफ्रिकी युनियनको बैठकमा आफ्टा कार्यान्वयनमा सम्झौता भएको थियो । यो सम्झौतापछि अफ्रिकाको आन्तरिक बजार सबै अफ्रिकी मुलुकका लागि खुला हुनेछ ।

यो सम्झौताबाट अफ्रिकाका ठूला अर्थतन्त्र भएका मुलुकहरु दक्षिण अफ्रिका, नाइजेरिया र केन्याजस्ता मुलुकले धेरै फाइदा लिन सक्नेछन् । अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र विश्वकै सबैभन्दा ठूलो र करिब ३२ खर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन भएको क्षेत्र हुनेछ । यस सम्झौताले अफ्रिकामा बसोबास गर्ने झण्डै एक अर्ब २० करोड मानिसलाई प्रभावित तुल्याउनेछ ।

आफ्टा सम्झौताबाट अफ्रिकी महादेशमा बस्तु तथा सेवाको प्रवाह र व्यापारमा सहजता आउनेछ । खासगरी अफ्रिकामा उत्पादित बस्तु तथा सेवालाई स्वतन्त्र व्यापारमा समावेश गरिने बताइएको छ । सम्झौताको पूर्ण कार्यान्वयन भएमा सन् २०२२ सम्ममा अफ्रिकी व्यापारमा ५० प्रतिशतभन्दा बढीले वृद्धि हुने अफ्रिकी युनियनको अनुमान छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com